बालगायनमा ‘आमा तिम्रो मायाँ’

बैशाख ३०, २०७५

काठमाडौं, ३० बैशाख- बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको ‘आमा तिम्रो मायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 मित्र के.सी.को शब्द तथा संगीत रहेको उक्त गीतलाई सन्दिप राईले संगीत संयोजन गरेका हुन् । मिना लामाको निर्देशन रहेको म्युजिक भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बाल गृहका बालबालिकाको अभिनय रहेको छ ।


ADVERTISEMENT


एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोले यतिबेला दर्शक, स्रोताको मन जित्न सफल भएको । बाल गायिका स्वप्निल गुरुङले छाटो समयमा पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको उच्च स्थान बन्ने विश्वास गर्न सकिन्छ ।

 

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस