भिटोफको क्यालेण्डर सार्वजनिक

बैशाख ३०, २०७५

काठमाडौं, ३० बैशाख- गाउँ पर्यटन प्रबर्द मञ्च भिटोफ नेपालले यो वर्षको भित्ते पात्रो (क्यालेण्डर सार्वजनिक गरेको छ । 


गाउँघर तथा दूर दराजका ग्रामिण पर्यटन प्रतिनित्वि गर्ने तस्बिर समेटेर भिटोफले क्यालेण्डर सार्वजनिक गरेको हो । शुक्रबार भएको क्यालेण्डर बिमोचन कार्यक्रममा भिटोफका बरिष्ठ सल्लाहकार प्राध्यापक डाक्टर प्रेम शर्माको उपस्थित रहेको थियो ।  कार्यक्रममा भिटोफका अध्यक्ष राम सापकोटा (कमल) ले गाउँको पर्यटन विकासका लागि भिटोफ सदैब लागिपर्ने बताए । कार्यक्रममा भिटोफका महासचिव बासु पाण्डे पनि उपस्थित थिए  । क्यालेण्डर बिमोचन कार्यक्रममा भिटोफा

का उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहाल थिए भने क्यालेण्डरको संयोजक कृष्ण प्रसाद सुबेदीले गरेका थिए ।


 कार्यक्रममा भिटोफका सदस्य राजकुमार धमला र नवराज थापा पनि उपस्थित थिए । यो वर्ष सरकारी बिदाको अन्योल रहेकाले क्यालेण्डर छपाइमा ढिलाई भएको भिटोफले जनाएको छ ।  

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस