एक्सपर्ट एजुकेसन महाराजगञ्जमा पनि

बैशाख ३०, २०७५

काठमाडौं, ३० बैशाख- नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बुडले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनपश्चात स्वदेश फर्किएर नेपालको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।

राजधानीस्थित महाराजगन्जमा सञ्चालन हुन लागेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको २९औँ शाखा उद्घाटनको प्रमुख अतिथि बनेर पुगेका राजदुत बुडले अष्ट्रेलियाबाट उच्च शिक्षा प्राप्त गरेका नेपाली विद्यार्थीहरु आफ्नो विधागत क्षेत्रमा सक्षम रहने विश्वास ब्यक्त गरे । कार्यक्रममा राजदुतबुडले एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई विश्वसनीय सेवा प्रदान गरेकोमा धन्यबाद समेत दिए । 


ADVERTISEMENT


कार्यक्रममा अभिभावकको तर्फबाट काठमाण्डौं क्षेत्र नम्वर तीनका प्रदेशसभा सदस्य योगेन्द्र स्रगौलाले आफूले आफ्ना छोरालाई पनि एक्पर्टबाट अष्ट्रेलिया पठाएको स्मरण गर्दै एक्सपर्टको सेवाबाट आफु सन्तुष्ट रहेकोबताए। त्यसैगरी अर्का अभिभावक शसस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक षडानन्द चौधरीले पनि आफुले एक्सपर्ट मार्फत छोरी पठाएको बताउँदै एक्सपर्टले शैक्षिक परामर्र्श क्षेत्रमाप्रदान गरेको सेवा आम अभिभावकका लागि विश्वसनीय रहेको बताए ।

विगत डेढ दशकदेखि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदानगर्दै आईरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले हालसम्म विश्वका विभिन्न मुलुकहरुमा २९ वटा शाखाहरु विस्तार गरिसकेको छ । 
 

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार