प्रभु बैंकको नयाँ शाखा कार्यालय सञ्चालन

काठमाडौं, ३० बैशाख-प्रभु बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमान खोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गँुरास गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखा कार्यालय आइतबार देखि सञ्चालनमा ल्याएको छ । 


बैंकको निसीखोला शाखा, तमान खोला शाखा, भगवतीमाई शाखा र गँुरास शाखाको समुद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राजओलीबाट आज एक भब्य समारोहबीच समुद्घाटन भएको हो ।

 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

 

सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र  गँुरास शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
    
 

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस