इन्जुरी समयमा गोल गर्दै सिटीले बनायो कीर्तिमान

बैशाख ३१, २०७५

काठमाडौं, ३१ वैशाख– इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ । 

शनिबार राति भएको अन्तिम खेलमा जित हात पार्दै कीर्तिमान बनाएको हो । खेलमा साउथह्याम्टनलाई १–० ले हराएपछि यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले एकै सिजनमा १०६ गोल र १०० अंकको कीर्तिमान कायम गरेको हो ।

म्यान्चेष्टर सिटीलाई जिताउन खेलको इन्जुरी समयमा ग्राबिएल जिससले गोल गरे । त्यही गोलले सिटीलाई १ सय अंकको कोसेढुंगा भेट्टाएको हो ।

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस