युभेन्टसद्वारा इटालियन सिरी एको उपाधिमाथि सातौं पटक कब्जा

बैशाख ३१, २०७५

काठमाडौं, ३१ वैशाख–युभेन्टसले लगातार सातौँ सिजन इटालियन सिरी ए फुटबलको उपाधि उचालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रोमासँग गोलरहित बराबरीमा रोकिए पनि उपाधिका लागि आवश्यक एक अंक जोड्दै उसले ३४ औँ पटक शीर्ष लिगको उपाधि जितेको हो ।

लिगको खेल बाँकी हुँदा नै युभेन्टसले पछिल्लो सात सिजनमा सातौँ उपाधि पक्का गरेको हो ।  १० खेलाडीमा सीमित भएको रोमासँगको खेलमा उसले गोल गर्न सकेन तर हार पनि बेहोरेन । 


ADVERTISEMENT

दोस्रो स्थानमा रहेको नापोली आइतबार राति नै भएको खेलमा साम्पाडोरिएसँग २–० ले पराजित भयो । उपाधि जितेको युभेन्टसको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । नापोलीको ८८ अंक छ ।

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस