×

NMB BANK
NIC ASIA

कोट्याउँदा उप्किन्छ पिच, गुणस्तरहीन काम भइरहेको जानकारी गराउँदा सडक डिभिजनको बेवास्ता

बैशाख ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ३१ वैशाख– तपाईंलाई लाग्न सक्छ, कालोपत्रे गरिएको सडकमा केही वर्ष त राम्रोसँग यात्रा गर्न पाइएला ।  तर सुर्खेत वीरेन्द्रनगरको सिम्ताली चोकको सडकको व्यथा अर्कै छ । 

Muktinath Bank

कात्तिकमा कालोपत्र सम्पन्न गरिएको सडकमा सवारी साधन मोड्दासमेत कालोपत्रे उप्किने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक कालोपत्रे गर्दा प्रयोग गरिएको सामाग्री न्यून गुणस्तरको भएका कारण पीच गरिएको ६ महिना नकट्दै उप्किएको हो । 


Advertisment
Nabil box
Kumari

ग्रावेल सडकमाथि न्यून स्तरमा गरिएको कालोपत्रे गरिएको उक्त सडकको पिचलाई हातैले उखेल्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगरको  वडा नं. ८ मा बनाइएको करिब १ किलोमिटर सडक निर्माणको जिम्मा द कालीसिद्धी कन्स्ट्रक्सनले १ करोड २४ लाखमा ठेक्का पाएको थियो । 

ठेकेदारले सडक पीच गर्दा न्यून स्तरको सामाग्री प्रयोग गर्दा यस्तो अवस्था आएको वडा अध्यक्ष थम्मप्रसाद गौतमले बताए । 

गौतमका अनुसार डिजाइन स्टमेट अनुरुप कालोपत्रे गरिएको भए ६ महिनामै पीच उप्किने दिन हेर्नुपर्ने स्थिति आउने थिएन । 

‘हामीले निरन्तर सडक डिभिजन कार्यालय सुर्खेतलाई कालोपत्रे स्तरीय भएन भनेर जानकारी दिएका थियौं’ गौतमले भने, ‘तर हाम्रो कुराको कुनै सुनुवाई भए ।’ सरकारी रकम दुरुपयोग गर्नेलाई विभागले कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । 

‘जानकारी दिंदा दिदै पनि सडक विभाग किन चुप ?’ वडा अध्यक्ष गौतमले प्रश्न गर्दै भने ‘कतै ठेकेदारसँग मिलेमतो त छैन ?’ एउटा मोटरसाइकल घुमाउँदा कालोपत्रे उप्किने अवस्था छ भने ठूला सवारी साधन गुड्यो भने अवस्था के होला  ? उनले प्रश्न गरे । 

स्थानीय डण्डीप्रसाद शर्माले निर्माण व्यवसायीले कम्तिमा पनि आवश्यक मापदण्ड अनुरुप भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । ‘यो सडक जनताको सेवाका लागि हो । राज्यको पैसा खर्च भएको छ भन्ने हेक्का राख्नुपर्छ’ शर्माले भने, ‘तर निर्माणकर्ताको कसरी पैसा छिटो फुत्काउने र अलिअलि कालोपत्रे गरेजस्तो गर्ने भन्नेमा मात्र ध्यान केन्द्रीत भएको हुनसक्छ ।’ उनले सडकको ग्रावेल भने स्तरीय गरिएको बताए । ‘राम्रो कामलाई राम्रै भन्नु पर्छ ।’ उनले भने, ‘अहिलेको कालोपत्रे सडकभन्दा ग्रावेल कहियौं गुणा राम्रो थियो ।’

यता, सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपेन्द्र विष्टले के कारणले कालोपत्रे उक्किएको हो आफूले हेरेपछि मात्रै बताउन सकिने बताए ।

‘दिउँसोमा कतै डिजेल पोखिएको र त्यसैमाथि मोटरसाइकल चलाएकोले पनि कालोपत्रे उक्किएको हुनसक्छ’ उनले भने, ‘त्यो हेरेर मात्रै थप प्रतिक्रिया दिन सकिन्छ ।’ इन्जिनियर थापाले सडक विगे्रेको भए ठेक्का सम्झौता सम्पन्न भएको एक वर्षभित्र कुनै त्रुटी देखिएमा निर्माणकर्ताले निर्माण गर्नुपर्ने बताए । ‘

सडकको कालोपत्रे उप्किएको भए हामीले निर्माण कम्पनीलाई निरीक्षण पश्चात तत्काल पत्र लेख्छौं’ उनले भने, ‘त्यसपछि निर्माणकर्ता कम्पनीले सुधार गर्नुपर्ने हुन्छ ।’ यसबारेमा निर्माण कम्पनीका ठेकेदार चन्द्र कोइरालासँग यसबारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x