चिकित्सकले देखाए, रक्सी पिउँदा कलेजोको हालत हुन्छ यस्तो (भिडियो)

बैशाख ३१, २०७५

काठमाडौं, ३१ वैशाख – चिकित्सकले कहिल्यै गलत सल्लाह दिँदैनन् । केही चिकित्सक त के ठीक हो के होइन भन्ने उदाहरण दिएर मानिसलाई सही र गलत बुझाउँछन् । 

डाक्टर ड्रु लाइफचेन्जर एक अमेरिकी टीभी शो हो जसको भिडियोमा एउटा स्वस्थ कलेजो र रक्सीका कारण मृत्यु भएका मानिसको कलेजो तुलना गरेर देखाएका छन् । 

रक्सीले कलेजोलाई कति खराब गर्नसक्छ भन्ने प्रमाणित गर्न यो भिडियो बनाइएको हो । 

स्वस्थ कलेजो चिल्लो र रातो–खैरो रंगको देखिन्छ भने अर्को कलेजो रफ र कालो धब्बायुक्त देखिन्छ । अत्यधिक रक्सी पिउँदा सिरोसिस नामक रोग लाग्छ । 

सिरोसिस यस्तो रोग हो जसबाट कलेजो लगातार हानिका कारण गम्भीर रूपमा क्षतिग्रस्त हुन्छ । सिरोसिसका कारण कलेजोले नियमित काम गर्न सक्दैन । 

शरीरमा आफैं अल्कोहलको मात्रा हुन्छ त्यसैले एक थोपा पनि अतिरिक्त अल्कोहल चाहिँदैन । रक्सी पिउने बानी तत्कालै छोडिहाल्नु उपयुक्त हुन्छ ।

एजेन्सी 
 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस