कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं, ३१ वैशाख– प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारले भारतीय कम्पनीलाई निर्माणको जिम्मा लगाइएको अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धमा संसदको दुईतिहाइले पारित गर्नुपर्ने बताएको छ ।
अरुण तेस्रोको हकमा संविधानको धारा २७९ आकर्षित हुने माओवादीको दलिल छ ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा माओवादी प्रवक्ता पम्फा भुसालले अरुण तेस्रोको सम्बन्धमा संसदको दुईतिहाइले पारित गर्नुपर्ने बताएकी हुन् ।
‘अरुण तेस्रोको शिलान्यास गरिएको छ । तर हाम्रो संविधानको मान्यताले कुनै पनि प्राकृतिक स्रोत साधनकोे लेनदेन गर्दा प्रतिनिधिसभाको दुईतिहाइ अर्थात् अहिलेको (संघीय संसदले) पारित गर्ने प्रावधान कता गएको छ, संवैधानिक मूल्य-मान्यता हो यो कता पुगेको छ ?’ भुसालले संसदमा प्रश्न गरिन् ।
अरुण तेस्रो शिलान्यासप्रति माओवादीले संस्थागत रूपमै असन्तुष्टि जनाएको छ । शुक्रवारको शिलान्यास कार्यक्रममा विभागिय मन्त्री वर्षमान पुनलाई बोलाइएको थिएन । अरुणको शिलान्यासमा विभागीय मन्त्रीलाई नै गुमराहमा राखिएको भन्दै माओवादीमा असन्तुष्टि चुलिएको छ ।
संविधानको धारा २७९ को उपधारा २ मा प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड संसदको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेताल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले गएको शुक्रवार अरुण तेस्रोको शिलान्यास गरेका थिए । भारतीय कम्पनी सतलजको लगानीमा बन्ने आयोजनाको बिजुली भारतमा बेच्ने प्रस्ताव छ ।
नेपालको नदीमा उत्पादित बिजुली भारतमा बेच्दा धारा २७९ आकर्षित हुने विज्ञहरूको तर्क छ । जलस्रोतविद् पूर्वजलस्रोत मन्त्री दिपक ज्ञवाली अरुण तेस्रो संसदबाट अनुमोदित हुनुपर्ने बताउँछन् ।
‘संसदको दुईतिहाइ बहुमतबाट पारित नगरी यो सम्झौता कसरी कार्यान्वयन हुन्छ ?’ ज्ञवाली भन्छन्, ‘यसमा पुरानो संविधानको धारा १२६ र अहिलेको संविधानको धारा २७९ स्पष्ट आकर्षित हुन्छ ।’
संखुवासभामा बन्ने ९ सय मेगावाटको अरुण तेस्रोको दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरेका थिए । आयोजनाको लगानी बोर्ड र प्रवर्द्धक कम्पनी सतजलबीच वि.सं. २०७१ मंंसिर ९ गते परियोजना विकास सम्झौता भएको थियो । आयोजनाको कूल लागत रु एक खर्ब चार अर्ब हुने छ ।
जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाउन लागिएको हो । सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।
आकर्षक आयोजना भारतीय कम्पनीलाई कौडीको भाउमा बेच्न लागिएको भन्दै जलस्रोतविद्हरूले यसप्रति विरोध जनाएका छन् ।
यो पनि पढ्नुस्,
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...