कुकुर भनेर किनेको–दुई बाल्टीन चाउचाउ खाने भालु पो रहेछ !

बैशाख ३१, २०७५

दुई वर्ष अघि एक चिनियाँ महिलाले भोटे कुकुरको एक ‘छाउरो’ किनेकी किनिन् । त्यो कालो रङ्गको त्यो ‘छाउरो’ यसरी बढ्यो कि २०० किलोको बन्न पुग्यो । तर, उनलाई पछि थाहा भयो कि त्यो छाउरो नभएर कालो भालु पो रहेछ । 
अहिले यो जीवलाई एक जन्तु संरक्षण केन्द्रमा राखिएको छ ।

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा रहेको युलिङ्ग काउन्टीको एक सानो गाँउमा बस्ने सु युनले भोगेको घटना हो यो । 


ADVERTISEMENT

आफूले कुकुरको छाउरोको साटो अरुनै जीव किनेर ल्याएको थाहा पाए पछि पनि दुई वर्षसम्म उनले उक्त जनावर हुर्काइन् । त्यो क्रममा उनको ‘सानो कालु’ संवेदनशील जीव भएको पाएको उनले बताइन् । 

युनका अनुसार भालुले दिनमा एक काटुन फलफुल र दुई बाल्टिन चाउचाउ खान्थ्यो । 

तर एक दिन युनले संरक्षित जङ्गली जीवलाई लाइसेन्सबिना घरमा राख्नु गैर कानुनी भएको वन्यजन्तु बचाउ केन्द्रलाई सम्पर्क गरिन् । केन्द्रबाट आएका कर्मचारीहरुले भालुलाई लठ्याइएर उसको नयाँ घरमा लगे । त्यहाँ लगेपछि भेटनरीले उक्त जीवको स्वास्थजाँच गरे । जाँचबाट भालु स्वस्थ भएको र उसमाथि कुनै प्रकारको दुरव्यवहार नगरिएको पाइएको समाचारमा जनाइएको छ । 
 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस