नर्भिकमा अस्ताए नेपालका ‘म्याराडोना’

बैशाख ३१, २०७५

काठमाडौं, ३१ वैशाख– नेपाली फुटबल टिमका पूर्वकप्तान तथा स्ट्राइकर मणि शाहको सोमवार निधन भएको छ । 

नेपाली फुटबलमा ‘म्याराडोना’को छवि बनाएका शाहको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो । 

केही समययता स्वास्थ्य समस्या झेलिरहेका शाहलाई ज्वरो आएपछि शनिवार नर्भिकमा भर्ना गरिएको हो । 

५१ वर्षीय शाह कलेजोको समस्याले ग्रस्त थिए । 

सन् १९८४ देखि लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्राष्ट्रिय प्रतियोगितामा १० गोल गरेका छन् ।

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस