यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

बैशाख ३१, २०७५

काठमाडौं, ३१ बैशाख- के. एल. दुगड गु्रप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धादिङको धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुमा विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । 

तर यसो भएतापनि विविध समस्याका कारण वर्षेनी सयौं बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने हाम्रो देशको वाध्यता जस्तै नै रहेको छ । यही समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।


ADVERTISEMENT


संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यस यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस