सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सको भेटघाट

बैशाख ३१, २०७५

काठमाडौं, ३१ बैशाख- सर्वोत्तम सिमेन्ट प्रा.लि र लक्ष्मी स्टील्स प्रा.लि ले नारायणघाट र टांढी पर्सा बैशाख – २७ र २८ गते यी ठाउँ लाई केन्द्रित गरी सो क्षेत्रमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी गराइएको थियो । उक्त भेलामा नारायणघाट¬ १७५जना र टांढी, पर्सा १५८जना ठेकेदारहरुको उपस्थिति रहेको थियो । 


ADVERTISEMENT


अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो र एक मात्र सिमेन्ट उद्योग सर्वोत्तम सिमेन्ट प्रा. लि.ले ग्रिन सर्वाेत्तम ओ.पि.सि र श्री ग्रिनपि.एस.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ । 
 

बैशाख ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार