×

NMB BANK
NIC ASIA

सुन तस्करीका अभियुक्तको पक्षमा वरिष्ठ अधिवक्ता : सोमवार ११ जनाले बहस गरे

बैशाख ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ३१ बैशाख– ३३ किलोसहितको ३८ टन सुन तस्करी र सनम शाक्य हत्यासँग जोडिएको ‘आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दामा सोमवार ११ जना वकिलले बहस गरेका छन्  । मुद्दाका अभियुक्त (प्रतिवादी)का तर्फबाट सोमवार एकै दिन ११ जना वकिलले बहस गरेका हुन् ।
 
यसरी बहस गर्नेमा कानून व्यवसायीमा दीपक बस्नेत, माधवराज आचार्य, राजेन्द्र भट्टराई, शुरेशलाल श्रेष्ठ, राम बहादुर राउत, अम्मर बहादुर राउत, योगेन्द्र न्यौपाने, राजन प्रसाद फुयाँल, सुनिल कुमार सिंह, रमिला महर्जन र हरि नारायण चौधरी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उक्त मुद्दामा सोमवार अपराह्नको ५ बजेपछि पनि बहस भएको थियो । ५ बजेपछि २ जना वकिलले प्रतिवादीको प्रतिरक्षामा बहस गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी र हत्यासँग जोडिएको घटनामा अभियुक्त (प्रहरीका निलम्बित डिएसपी)  प्रजित केसीको तर्फबाट वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई र शुरेशलाल श्रेष्ठले बहस गरेका थिए । उनको पक्षमा बहस गर्न सबै वरिष्ठ अधिवक्ता हुन् । 


Advertisment
Nabil box
Kumari

सुन व्यापारी भनिएका महाबिर गोल्यान (चाचाजी)को तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र शर्मा न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयाँलले वहस गरे । बालकृष्ण श्रेष्ठ, सम्बीर प्रसाद तोलाङ्गे,  अम्मर बहादुर थापाको तर्फबाट अधिवक्ता रमिता महर्जन र हरिनारायण चौधरीले बहस गरे ।  

Vianet communication
Laxmi Bank

मुद्दामा आइतवारदेखि प्रतिवादीका वकिलको बहस शुरु भएको थियो । आइतवार अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, राजु बस्नेतले बहस गरेका थिए । 

आइतवार र सोमबार प्रतिवादीको प्रतिरक्षामा बहस गर्ने अधिवक्ताहरुमा शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, राजु बस्नेत, रमिला महर्जन उद्धब केसी, दिपक बस्नेत, राम बहादुर राउत र अम्मर बहादुर राउत  काठमाडौमा हुन्  । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्डको थुनछेक बहसको तेस्रो दिनदेखि अभियुक्तका वकिलहरुको बहस शुरु भएको हो । 

बहसका लागि काठमाडौंबाट विराटनगर आएका पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, यदुनाथ खनाल र राजु बस्नेतले सुन तस्करी प्रकरणमा मुछिएका अभियुक्तहरूको बचाउ गर्दै बहस गरे । उनीहरु आइतवार नै काठमाडौं फर्किसकेका छन् । 

बहसमा अधिवक्ता श्रेष्ठ र थापासँगै खनाल र बस्नेतले सुन कारोबारी, लगानीकर्ता, प्रहरी र एयरलाइन्सका कर्मचारीको बचाउ गरेका हुन् । 

आइतवार बहस गर्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला र निलम्बित एसपी विकाशराज खनालको बचाउ गरेका थिए भने वरिष्ठ अधिवक्ता थापाले पनि गुरुङ र खनालको पक्षमा बहस गरेका थिए ।

थप २ जना पक्राउ

साढे ३३ किलो सुनसँग जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  काठमाडौमा पक्राउ परेका २ जनालाई मोरङ जिल्ला प्रहरी कार्यालयले साेमवारै म्याद थप गरेको छ। पक्राउ परेका मोतिराम श्रेष्ठ र बिनोद अधिकारीलाई संगठित अपराधअन्तर्गत शुरुदेखि नै म्यादथप गरिएको प्रहरीले जनाएको छ । 

अनुसन्धानको क्रममा पक्राउ परेका २ जना नै पैसाको कारोवारी भएको अनुसन्धानबाट खुलेपछि उनीहरुललाई पनि पक्राउ गरिएको प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए । 

उनीहरु अदालतमा मुद्दा चलाईएका ६३ जना भन्दा बाहिरका रहेको बिसीको भनाइ छ ।  बिनोदको झापाको दमकमा आईएमई रहेको र आईएमई मार्फत उनले पैसा सुनकारोवारीलाई पु¥याउने गरेको पाईएको अुसन्धानबाट खुलेको छ । 

‘पक्राउ परेका मोतिराम केही महिना अघिसम्म पनि दुबईमा रहेको र उनले दुबईको दिराम बिभिन्न स्थानबाट उठाउने र उनका आफन्तलाई हुण्डि मार्फत नेपाल पाठाउने गरेको तथा उनीहरुका आफन्तले त्यो रकम बिनोदको आईएमईमा पठाउने गरेको पाईन्छ,’ प्रहरी उपरीक्षक बिसीले भने, ‘बिनोदकोमा पुगेको रकम त्यहाँबाट अन्यत्र बिभिन्न सुन कारोवारीको गिरोहसम्म पुग्नेगरेको पाईन्छ ।’

६३ जना भित्र नपरेका यी दुबै कारोवारीलाई सोमवार नै म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ । 

उनीहरुलाइ ५ दिनको म्यादथप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x