पूर्वखेलाडी शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि दशरथ रंगशालामा राखिने

जेठ १, २०७५

काठमाडौं, १ जेठ– नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि दशरथ रंगशालामा राखिने भएको छ । 

मनाङमर्स्याङदी क्लबका पूर्वखेलाडीसमेत रहेका शाहको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि मंगलबार विहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशाला परिसरमा राखिने भएको हो । त्यसपछि अन्तिम संस्कारका लागि आर्यघाट लगिने एन्फाले जनाएको छ ।


ADVERTISEMENT

उनको सोमबार साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना भएका शाहको उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले जानकारी दिए । 

सन् १९९३ को दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दाका प्लेमेकर रहेका ५१ वर्षीय शाहको केही वर्षअघि लिभरमा समस्या देखिएको थियो ।  राष्ट्रिय टोलीका पूर्व कप्तान शाहको उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोरिरहेको छ ।

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार