आईपीएल : बैंग्लोरले ८.१ ओभरमै भेटायो लक्ष्य, कोहलीले तोडे वार्नरको रेकर्ड

जेठ १, २०७५

काठमाडौं, १ जेठ– इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको हो । 

पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएको थियो । खेलमा कप्तान विराट कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए । 


ADVERTISEMENT

यसअघि टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले १५ ओभर १ बलमा ८८ रनमा अलआउट भएको थियो । पन्जाबले बनाएको ८९ रन आईपीएलको जारी सिजनमा दोस्रो कम स्कोर हो ।

यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो ।

कोहलीले वार्नरको रेकर्ड तोडे
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले पन्जाबविरुद्ध ३४ रन बनाउँदै यस सिजनमा आफ्नो ५ सय रन पूरा गरे । एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौपटक बनाउने कोहली पहिलो व्याट्सम्यान हुन् । 

उनीपछि डेभिड वार्नर दोस्रो स्थानमा छन् । वार्नरले चौथो पटक यो उपलब्धि हासिल गरेका छन् ।

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार