×

NMB BANK
NIC ASIA

नवाज शरीफविरुद्ध देशद्रोहको मुद्दा दायर

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ जेठ – सन् २००८ मा भएको मुम्बई आक्रमणका विषयमा विवादास्पद बयान दिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफविरुद्ध लाहौर उच्च अदालतमा सोमवार देशद्रोहको मुद्दा दायर गरिएको छ । 

यो मुद्दा राजनीतिक दल पाकिस्तान अवामी तहरीकका खुर्रम नवाज गण्डपुरले दर्ता गरेका हुन् । यसमा लेखिएअनुसार, शरीफको बयान राष्ट्रिय सुरक्षा र राज्यका संस्थाविरुद्ध छ । 

निवेदनमा भनिएको छ, ‘नवाज शरीफको बयान देशद्रोह समान छ । उनका विरुद्ध देशद्रोहको मामिला दर्ता गर्ने निर्देश दिनुपर्छ ।’

एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार, निवेदनमा शरीफबाहेक संघीय गृहमन्त्री एहसान इकबाललाई पनि विपक्षी बनाइएको छ । 

पूर्व प्रधानमन्त्री शरीफले वैशाख २९ गते डन पत्रिकासँगको अन्तर्वार्तामा आतंकवादी संगठनहरू पाकिस्तानमा सक्रिय रहेको र मुम्बई आक्रमण जस्ता घटना रोक्न सकिने बताएका थिए । उक्त आक्रमणमा १६६ भारतीय र विदेशी नागरिक मारिएका थिए । 

उनले भने, ‘हामीले आतंकवादीलाई सीमा पार गरेर मुम्बईमा मान्छे मार्नका लागि जान दिन हुन्छ ?’

उनले प्रस्ट रूपमा मुम्बई आक्रमणमा मारिएका मानिसको सन्दर्भ दिँदै १० पाकिस्तानी आतंकवादीहरूलाई जिम्मेवार ठह–याए । यसमध्ये एक आतंकवादीलाई पक्राउ गरिएको थियो र पछि फाँसी दिइएको थियो । 

नवाजको यो बयानले पाकिस्तानमा हल्लाखल्ला मच्चिएको थियो । पाकिस्तानी सेना यो बयानका कारण अत्यन्तै क्रुद्ध रहेको बताइएको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x