×

NMB BANK
NIC ASIA

मोदीको नेपाल भ्रमण सफल : प्रारम्भिक मतपरिणामअनुसार कर्नाटकमा भाजपाको बहुमत सरकार बन्ने संकेत

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ जेठ – भारतको कर्नाटकमा शनिवार भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले सरकार बनाउने लक्षण देखिएको छ । 

प्रारम्भिक मतपरिणाम रुझान हेर्दा भाजपाले ११४, कांग्रेसले ६६ र जेडीएसले ३९ सीट जित्ने देखिँदैछ । कर्नाटकमा कुल २२४ सीट छन् । 

Sagarmatha Cement
Muktinath Bank

भाजपाले सरकार बनाउने विषयमा मन्थन शुरु गरिसकेको छ । वरिष्ठ नेता प्रकाश जावडेकर अमित शाहसँगको भेटघाटपछि बंगलुरु गइसकेका छन् ।

यो चुनाव भाजपाका लागि दक्षिणमा नयाँ शुरुवातका लागि महत्त्वपूर्ण छ भने कांग्रेसका लागि यो अस्तित्वको लडाईं हो । कांग्रेसको भने ओरालो यात्रा जारी छ । उसको अब पञ्जाब, मिजोरम र पुडुचेरीमा मात्र सरकार छ । 

भाजपा भने ३१ मध्ये २० राज्यमा सत्तारूढ छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकमा चुनाव जित्नका लागि कडा मेहनत गरेका थिए । उनको हालैको नेपाल भ्रमण पनि कर्नाटकका हिन्दू मतदाताको मन जित्नका लागि भएको विश्लेषण गरिएको थियो । नेपालका तीर्थस्थलको भ्रमणले मोदीलाई कर्नाटकमा विजय दिलाएको बताइँदैछ ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x