×

NMB BANK
NIC ASIA

इजरायली सैनिकसँगको झडपमा कम्तीमा ५५ प्यालेस्टाइनीको मृत्यु

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ जेठ – गाजा सीमामा इजरायली सैनिकहरूका साथ प्यालेस्टाइनीहरूको झडपमा हुँदा कम्तीमा ५५ जना मारिएका छन् । 

प्यालेस्टाइनी अधिकारीहरूका अनुसार, यो हिंसक झडपमा परी २७ सय घाइते भएका छन् । 

जेरुसेलममा अमेरिकी दूतावास उद्घाटका बेलामा यो हिंसा भएको हो । दूतावास तेल अभिभबाट सारिएपछि प्यालेस्टाइनीहरू रिसाएका थिए । 

जेरुसेलममा इजरायलको कब्जालाई अमेरिकाले गरेको समर्थनका रूपमा यसलाई लिएका छन् प्यालेस्टाइनीहरूले । उनीहरू जेरुसेलमको पूर्वी भागमा आफ्नो दाबी रहेको बताउँछन् । 

सोमवार अमेरिकाले जेरुसेलममा दूतावास खोल्यो । 

कार्यक्रममा अमेरिकी अधिकारीहरूका साथ राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुशनर पनि उपस्थित थिए । 

ट्रम्पले भिडियोमार्फत यस कार्यक्रमलाई सम्बोधित गर्दै यो क्षणको लामो समयदेखि प्रतीक्षा रहेको बताए । 

गाजामा शासन गर्ने मुसलमान संगठन हमासले पछिल्ला ६ हप्तादेखि आफूहरूलाई निकालिएको वार्षिकीको अवसर पारेर विरोध गरिरहेका छन् । 

इजरायलका अनुसार, प्रदर्शनकारीले सीमामा लगाइएको पर्खाल भत्काउने प्रयास गरिरहेका थिए । इजरायलले पर्खाललाई कडाइका साथ सुरक्षा गर्छ । 

हमासको स्वास्थ्य विभागले सोमवार भएको हिंसामा मारिएका मानिसमा बालबालिका पनि छन् । 

गाजाबाट प्राप्त रिपोर्टअनुसार, त्यहाँ प्यालेस्टाइनीहरूले ढुंगा फ्याँके र आगो लगाउने बम हु–र्र्याए । 

यसको जवाफमा इजरायलका स्नाइपरले गोली चलाए । इजरायली सेनाका अनुसार, ३५ हजार प्यालेस्टाइनीहरू सीमामा रहेको पर्खालनजिक दंगा गरिरहेका थिए । 

विरोध प्रदर्शनको उद्देश्य सीमामा लगाइएको पर्खाल भत्काउने र नजिकका आवासक्षेत्रमा आक्रमण गर्नु थियो भनी इजरायलले दाबी गरेको छ ।

बीबीसी हिन्दीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x