काठमाडौंको धूलो नियन्त्रण गर्न महानगरले १२ करोडमा ५ वटा ब्रुमर किन्दै

जेठ १, २०७५

काठमाडौं, १ जेठ- धुलो सफा गर्नका लागि काठमाडौं महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । 

उनले भने, 'गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सातवटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ । कामपाले १२ करोड मूल्यबराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ ।'

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो ।

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार