५ वर्ष अलमल्याएर अयोधीविरुद्धको रिट खारेज

जेठ २, २०७५

काठमाडौं, २ जेठ–दर्ता भएको पाँच वर्षपछि अन्ततः प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवविरुद्धको रिट निवेदन खारेज भएको छ । 
यादवविरुद्धका दुई मुद्दा सर्वोच्च अदालतले सोमबार खारेज हुने निर्णय गरेको हो ।  
न्यायाधीशहरु केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले प्रवीणकुमार लाभ र हरेराम साहले दर्ता गरेको निवेदन खारेज गरेको हो । कान्तिपुर दैनिकमा खबर छ । 

योसँगै तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले गरेको निर्णयले वैधता पाएको छ । 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार