‘म्याक्स थन्डर’ का कारण क्रुद्ध भयो उत्तर कोरिया, अमेरिकालाई दियो धम्की

जेठ २, २०७५

काठमाडौं, २ जेठ – उत्तर कोरियाले दक्षिण कोरियासँग हुने उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यास म्याक्स थन्डरका कारण यो वार्ता रद्द गरिएको उत्तरको भनाइ छ । 

उत्तरका नेता किम जोङ–उन र दक्षिणका राष्ट्रपति मून जे–इनबीच अघिल्लो महिना भएको भेटवार्तालाई अघि बढाउन यो वार्ता हुन लागेको हो । 

यसबाहेक उत्तर कोरियाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र आफ्ना नेता किमबीचको बहुप्रतीक्षित शिखर वार्ता रद्द गर्ने धम्की दिएको छ । 

प्योङयाङले चेतावनी दिएको भएपनि अमेरिकाले शिखर सम्मेलनको तयारी गरिरहेको र दुई देशबीचको वार्ता हुने आशा गरेको बताएको छ ।

एजेन्सी 


ADVERTISEMENT

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस