×

NMB BANK
NIC ASIA

३२ हजार फीटको उचाइमा भत्कियो विमानको ककपिट झ्याल, कोपाइलटको आधा जिउ हावामा

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ जेठ – चीनको एक यात्रुवाहक विमानको ककपिटको झ्याल भत्किएपछि इमर्जेन्सी ल्यान्डिङ गर्नुपरेको छ । झ्याल भत्किएपछि दुईजना घाइते भएका छन् । 

विमान ३२ हजार फीटको उचाइमा हुँदा यो दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा हल्लाखल्ला मच्चियो । कोपाइलटको आधा शरीर बाहिर हावामा झुण्डियो जसले गर्दा उनलाई धेरै चोट पनि लाग्यो । 

सिचुआन एयरलाइन्सको यो विमान ३यू८६३३ चोङकिङबाट ल्हासा गइरहेको थियो । उडेको एक घन्टामा प्लेन चेङ्दु पुग्दा झ्याल भत्किएको थियो । 

क्याप्टेन लियु चुआनजियानका अनुसार, दुर्घटनाका कारण विमानका कोपाइलट झ्याल भत्किएपछि प्लेनभित्र प्रेसर बढेका कारण बाहिर हुत्तिएका थिए । सीटबेल्टका कारण उनको ज्यान बचेको थियो । 

सिन्ह्वाका अनुसार, क्याप्टेनले घटनापछिको खतरनाक स्थितिका बारेमा एयर ट्राफिक कन्ट्रोलरलाई खबर गरे । 

कोपाइलटको अनुहारमा चोटपटक लागेको छ र कम्मरमा पनि केही चोट छ । त्यसबाहेक एक महिला यात्रुलाई पनि चोट लागेको छ । 

घटनापछि प्लेनलाई चेङ्दुको शोङ्लियु अन्तर्राष्ट्रिय विमानसथलतर्फ डाइभर्ट गरिएको थियो । बडो गाह्रो गरी २० मिनेटभित्र क्याप्टेनले प्लेनलाई सुरक्षित अवतरण गराएका थिए । 

पछि दुवै घाइतेलाई पिपुल्स हस्पिटल लगियो । 

दुर्घटनाबाट बचाउने क्याप्टेन लियु चुआनजियानको प्रशंसा भइरहेको छ । लियुले त्यो रूटबाट सयचोटि भन्दा बढी उडान गरिसकेकाले फाइदा भएको बताए । 

सिचुआन एयरलाइन्सले जारी गरेको प्रारम्भिक बयानमा यो दुर्घटना फ्लाइट कन्ट्रोल युनिट फेल भएका कारण हुन पुगेको बतायो । यसको अनुसन्धान भइरहेको छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x