यी हुन् अस्ट्रेलियाका ‘भगवान्’, बचाइसके २४ लाख बच्चाको ज्यान

जेठ २, २०७५

काठमाडौं, २ जेठ – अस्ट्रेलियामा बस्ने जेम्स ह्यारिसनलाई ‘भगवान्’ मानिन्छ । उनी विगत ६० वर्षदेखि रक्तदान गरिरहेका छन् र अहिलेसम्म २४ लाख बच्चाहरूको ज्यान बचाइसकेका छन् । 

उनको हातलाई सुनौलो हात भन्ने गरिन्छ । 

चिकित्सकहरूका अनुसार, यी ८१ वर्षीय वृद्धको रगतमा एक विशेषता छ जुन अन्य व्यक्तिकोमा छैन । 

उनको रगतमा विशेष किसिमको एन्टीबडी छ । यसले गर्भमा हुर्किरहेका बच्चाहरूलाई ब्रेन ड्यामेज वा अन्य घातक रोगसँग लड्ने शक्ति दिन्छ । 

जेम्सको रगत नपाएका भए यी शिशुहरू गर्भमा नै मर्थे । 

उनले विगत केही वर्षयता १२ सयचोटि रक्तदान गरेका छन् । तर अब वृद्धावस्थाका कारण चिकित्सकहरूले उनलाई रक्तदानको अनुमति दिएका छैनन् । 

जेम्स रगत दिन नसकेको विवशताका कारण भावुक भएका छन् । यसैले गर्दा सन् १९६४ देखि अहिलेसम्म लगभग २४ लाख बच्चाहरूको ज्यान बचाउन सकिएको हो ।

एजेन्सी
 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस