×

NMB BANK
NIC ASIA

सांसद विकास कोषको अवधारणा दोहोर्‍याउन प्रदेश सांसदहरूको माग

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देही, २ जेठ -प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहोर्‍याउन माग गरेका छन् । 

Muktinath Bank

प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्ताव बाहेक) का सम्वन्धमा आज भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको उत्थानका लागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोष आवश्यक भएको जिकिर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा प्रयोगमा आएका सासंद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी संघीयतामा कति जायज छ भन्ने विषयमा राष्ट्रिय वहस भइरहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, “एकात्मक राज्य प्रणालीमा फिट भएको मोडेलको बहसको टुंगो नलगाई ५ नं प्रदेशले निर्णय गर्न मिल्दैन ।” 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको उल्लेख गर्दै पूर्वाधार विकासमा नै बजेट बढी जाने देखिन्छ भने । उनले पूर्वाधार र जनशक्तिको विकास नभए कृषि, पर्यटन र उद्योगको विकास हुन नसक्नेमा जोड दिँदै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन विकास गर्नुपर्ने क्षेत्र कृषि भएको बताए ।

नेकपा (एमाले)का सचेतक भूमिश्वर ढकालले स्रोत पहिचान गरेर बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिँदै करको दायरालाई विस्तार गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का सचेतक दधिराम न्यौपानेले विकासका आयोजना गाउँदेखि शहरसम्म व्यवस्थित नभएको उल्लेख गर्दै चक्लाबन्दी आवश्यक छ, भने ।

प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद् विकास कोषको अवधारणा आवश्यक भएकामा जोड दिए । 

प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरीले औद्योगिक करिडोर र निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल धागो कारखाना र बाँसबारी छाला उद्योग संचालनको वातावरण बनाउन आग्रह गर्दै प्रादेशिक विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताए । 

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले प्राविधिक शिक्षामा जोड दिँदै हरेक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचार अन्त्यका लागि पहल गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x