×

NMB BANK
NIC ASIA

भाभाट्रोन रेडियो थेरापी उपकरण दिने मोदीको घोषणाले भक्तपुर क्यान्सर अस्पतालमा उत्साह

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर, २ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल भ्रमणका बेला भक्तपुर दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा भएसँगै अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने आशा पलाएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीबाट क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण (कोबाल्ट ६० विथ सिमुलेटर) दिने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीले घोषणा गरेसँगै यो मेशिन जतिसक्दो छिटो आउँला भन्नेमा हामी विश्वस्त छौँ । यो मेशिन आएपछि रेडियो थेरापीमा अझै गुणस्तरीय सेवा दिन सक्नेछाँै ।” करीब रु १० करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो रेडियो थेरापी मेशिनलाई हट्ने उहाँले बताउनुभयो । 

विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन सकिएको छैन । 

अस्पतालले नेपाल सरकारको अनुदानमा अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन पनि ल्याउने भएको छ । करीब रु १९ करोड पर्ने यो मेशिन आगामी छ महिनाभित्र नेपाल ल्याएर सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । यसका लागि नेपाल सरकारले रु पाँच करोड अनुदान उपलब्ध गराइसकेको छ । 

भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने उहाँको भनाइ छ । 

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले हाल रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना कुर्दै पर्ने वाध्यता रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको मेशिन आएलगत्तै बिरामीले छिटो र सहजरुपमा सेवा दिन सकिने बताइन्छ । 

प्रशासन प्रमुख तजलेले भन्नुभयो, “पुरानो मेशिनबाट हाल दैनिक १०० देखि ११५ जनासम्मको थेरापी हुँदै आएको छ । अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको मेशिन आएर सञ्चालन भएलगत्तै रेडियो थेरापी गर्ने बिरामीले सजिलो र अझै गुणस्तरीय सेवा दिन सक्नेछौँ ।” 

भारतले दिने मेशिन र लिनायक मेशिन सञ्चालनमा ल्याउन सकिए दैनिक २०० भन्दा बढी बिरामीको रेडियो थेरापी गर्न सकिने बताइन्छ । यस्तो भएमा क्यान्सरका बिरामी थेरापीका लागि पालो कुर्नुपर्ने समस्याबाट भने मुक्त हुनेछन् । 

अस्पतालले यसअघि नै भारतीय राजदूतावासमार्फत रेडियो थेरापी मेशिन सहयोग गरिदिन अनुरोध गरेको थियो । सोही अनुरोधस्वरुप नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले मेशिन भक्तपुर क्यान्सर अस्पताल उपलब्ध गराउने घोषणा गर्नुभएको हो । 

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको घोषणाले अस्पताल प्रशासन, कर्मचारी र बिरामीमा नयाँ आशा र खुशी पलाएको जनाएको छ । 

हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ४५० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । 

प्रसूति, नाक, कान, घाँटी, पेट, हाडजोर्नीलगायत विभिन्न रोगको दैनिक छ वटासम्म शल्यक्रिया गर्दै आएको यस अस्पतालमा बिरामीको चापको अनुपातमा यन्त्र उपकरणको अभाव रहँदैआएको छ । 

यसअघि पनि भारतीय दूतावासले नेपाल अर्बुद रोग निवारण संस्थाका विभिन्न शाखाका लागि एम्बुलेन्स, जेनेरेटर उपहार दिएको थियो भने अस्पतालमा उपचार गराउँदै आएका गरीब, असहाय बच्चा तथा महिलाका लागि इन्डियन ओमन क्लबबाट प्रत्येक वर्ष एक लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराइँदै आइएको छ । –रमेश गिरी/रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x