×

NMB BANK
NIC ASIA

एमाले–माओवादी केन्द्रबीच यसरी गरियो पदीय भागबण्डा

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ जेठ– पार्टी एकता गर्ने समझदारी भएको ९ महिना पुग्नैलाग्दा अन्ततः नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका छन् । दुई पार्टीबीच पदीय भागबण्डा, चुनाव चिन्ह लगाएतका विवादित विषयमा समेत सहमति जुटेसँगै बिहिबार एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । 
 
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच  बुधबार बिहान भएको वान टु वान वार्ताबाट एकता गर्ने सहमति भएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् । 
दुई पार्टीले भोलि  नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने  तयारी थालेका छन् ।  दुई पार्टीबीच सूर्य चिन्ह नै  चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो । 


Advertisment
Nabil box
Kumari

यसैबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी  भएको स्थायी समिति बैठकलाई जानकारी गराएका छन् ।
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले भोलि पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् । 
ओलीले भोलि बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए ।  ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ । 
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच भोलि बेलुकासम्म एकता हुने बताए । 
पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
 एमालेले भोलि ११ बजेको लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।  आजै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बसेको थियो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x