मदन भण्डारी स्मृति दिवसमा प्रचण्ड पनि सहभागी हुने

जेठ २, २०७५

काठमाडौँ, २ जेठ-  एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागीहुने भएका छन् । 

एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । 


ADVERTISEMENT

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार