×

NMB BANK
NIC ASIA

खाजा खाएर दुई हजार नक्कली नोट तिर्दा...

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २ जेठ- काठमाडौँका विभिन्न स्थानबाट रु दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित छ जनालाई पक्राउ गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महानगरीय प्रहरी परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा उक्त रकमसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, काठमाडौँका माधवराज वाग्ले, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापीतलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सार्वजनिक गरेको हो । मेसिन र पैसा छाप्दै गर्दाको प्लेटसमेत प्रहरीले सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा परिसरका प्रमुख विश्वराज पोखरेलले सीधासाधा जनतालाई ठग्नका लागि नक्कली नोट छापेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । उहाँले होटल रेष्टुरेन्टमा पैसा तिर्ने, यौनकर्मीले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागुऔषध कारोबारी हुने र सक्कलीमा मिसाएर नक्कली पैसा बजारमा जाने भन्दै सबैलाई सचेत रहनसमेत आग्रह गर्नुभयो । 

Vianet communication
Laxmi Bank

रु एक लाखलाई रु १० हजारमा बेच्ने गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको छ । राष्ट्रबैँकलाई समेत नक्कली पैसाबारे जानकारी गराइसकेको प्रमुख पोखरेलले बताउनुभयो । बरामद गरिएको नेपाली नक्कली नोट अहिलेसम्मकै सबैभन्दा ठूलो रकम भएको प्रहरीले जनाएको छ । 

कसरी समातियो नक्कली नोट ? 

काठमाडौँको नयाँ बसपार्कमा बाबुराम कँडेलले सञ्चालन गरेको सुमधुर क्याफे तथा खाजाघरमा सुर्खेतका महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा रु दुई हजार तिरेर हिँडेको र सोही नोट नक्कली भएपछि गोँगबु प्रहरीलाई खबर गरेर सोधखोज गर्दा रु एक लाख २० हजार नगद बरामद गरिएको प्रभागका प्रमुख प्रताप पौडेलले जानकारी दिनुभयो । 

“बोगटीले दिएको सूचनाका आधारमा जेठ १ गते विहान सुजित तामाङ, साजन तामाङलाई लुभुुबाट नक्कली नोट रु सातलाख ४३ हजारसहित नियन्त्रणमा लिएका हौँ,”– पौडेलले भन्नुभयो । 

यसैगरी समातिएका तीनै जनाको बयानका आधारमा आज दिउँसो काठमाडौँ महानगरपालिका चारढुंगेस्थित तेजेनजङ्ग थापाको घरमा प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा रु दुई करोड ५२ लाख बरामद गरिएको हो । 

उक्त रकम बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेवावा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापीतलाई छाप्न दिने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

पक्राउ परेकाले राष्ट्रबैँकको अनुमति विना नै नक्कली नोट छापेको पाइएको छ । नक्कली नोट छाप्नेलाई विगोबमोजिमको जरिवना गरी दश वर्ष कैद हुने कानूनी व्यवस्था रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x