पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं, ३ जेठ– एकीकृत पार्टीमा समान हैसियतको अडान लिँदै आएको नेकपा माओवादी केन्द्रले अन्ततः केन्द्रीय कमिटीमा ४५ प्रतिशत भाग पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको वान टु वान वार्ताबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ४५–५५ को प्रतिनिधित्वमा सहमत भएका हुन् ।
ओली र प्रचण्डबीच बुधबार बिहान बालुवाटारमा भएको निर्णायक वार्तामा एकता गर्ने सहमति भएको थियो । सहमति पछि दुबै पार्टीले एकतालाई अनुमोन गरिसकेका छन् भने कुनै प्राविधिक समस्या नआए आज अपरान्ह औपचारिक कार्यक्रममार्फत एकताको घोषणा गर्ने तयारी भएको छ ।
दुई पार्टीबीच भएको सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ ।
एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् ।
दुई पार्टीले भोलि नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी थालेका छन् । दुई पार्टीबीच सूर्य चिन्ह नै चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो । यस्तै महाधिवेशनसम्म ओली र प्रचण्ड नै अध्यक्ष रहने छन् ।
बुधबार नै बसेको स्थायी कमिटी बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी भएको जानकारी गराएका थिए ।
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा ओलीले पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको जानकारी गराएका हुन् ।
ओलीले बिहिबार बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने पनि जानकारी गराएका थिए । ओलीले जानकारी गराएसँगै बैठकले सहमतिको स्वागत गरेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीच बेलुकासम्म एकता हुने बताएका थिए ।
पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले आजै ११ बजेको लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
बुधबार नै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठक पनि बसेको थियो ।
बैठकले एकतालाई अनुमोदन गरेको थियो ।
एकता अघि के–के हुँदैछ ?
मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान पुरानो पार्टी कार्यालय बल्खुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका छन् ।
मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्ने बताइएको छ ।
यस्तै बिहान १०ः०० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठकबाट एकताको निर्णय हुने छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजन समितिको बैठक बोलाइएको हो ।
बिहान ११ः०० बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ भने १ः०० बजे माओवादी सचिवालयको बैठक बसने छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
त्यसपछि दिउँसो ३ः०० बजे दुवै पार्टीको संयुक्त बैठक बस्ने छ । दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी भएको हो । बैठकमा दुवै पार्टीका नेताहरू सहभागी हुनेछन् ।
यसैगरी दिउँसो ४ः०० बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ । एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ ।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ ५ः०० बजे पत्रकार सम्मेलन गरेर एकताको औपचारीक घोषणा हुने छ । राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्न लागिएको हो ।
एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी बन्नेछ ।
८ महिनाको कसरत
पार्टी एकता गर्ने समझदारी भएको ८ महिना पुग्नैलाग्दा नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका हुन् ।
गत असोज १७ गते दुई पार्टीबीच कार्यगत एकता घोषणा गर्दै निकट भविष्यमा एकता गर्ने सहमति भएको थियो । त्यसयता विभिन्न चरणको छलफल हुँदै दुई पार्टी एकताको बिन्दूसम्म आइपुगेका हुन् ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...