×

NMB BANK
NIC ASIA

हिजोबाट मलमास शुरु, नवविवाहित जोडी सँगै बस्न नहुने मान्यता

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ – यो वर्ष जेठ महिनामा मलमास परेको छ । एउटै महिनामा दुईवटा औंसी परे भने त्यसलाई मलमास भनिन्छ । जेठ १ गते औंसी छ भने ३० गते पनि औंसी छ ।

तिथिहरूको ज्योतिषीय गणना मिलाउनका लागि तीन वर्षमा एकचोटि मलमास पर्ने गर्छ । वर्षैभरि तिथिहरू घटबढ भइरहने हुँदा त्यसलाई मिलान गर्नका लागि एक महिना बढी अर्थात् अधिकमास हुने गरेको छ । 

ज्योतिषशास्त्रमा अधिकमासभर शुभ कार्यहरू गर्न नहुने विधान छ । त्यसैले जेठ महिनाभरि विवाहको कुनै पनि लगन परेको छैन । मलमासभरि अधिकमास महात्म्य तथा पुरुषोत्तम मास ग्रन्थको पारायण र अर्थश्रवण गर्ने विधान छ । 

अनि मलमासभरि नवविवाहित जोडीले सहवास गर्न नहुने विधान पनि छ । विवाह गरेपछिको पहिलो मलमास चाहिँ बार्नुपर्ने अनि श्रीमतीले माइती गएर बस्नुपर्ने चलन छ । 

खासमा मलमासभरि गर्भधारण गर्न नहुने मान्यताका कारण नवविवाहित जोडीलाई सँगै बस्न नदिइएको हो । ज्योतिषशास्त्रीहरूका अनुसार, मलमासमा गर्भधारण भएर जन्मिएको बच्चाको कुण्डली राम्रो हुँदैन । मलमासमा गरिएको
यौनकर्मबाट जन्मिएको बच्चाले परिवारलाई पिर्ने ज्योतिषीहरू बताउँछन् । 

यसरी हेर्दा नवविवाहित जोडी मात्र नभई पहिले नै विवाह गरेका र ढिलो बच्चा जन्माउने चाहना राखेका वा दोस्रो तेस्रो सन्तान जन्माउने योजना बनाएका व्यक्तिले पनि मलमासका बेलामा गर्भधारण गर्न नहुने देखिन्छ ।

यसको कुनै वैज्ञानिक कारणहरू भने फेला परेका छैनन् ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x