×

NMB BANK
NIC ASIA

यी हुन्, पार्टी एकताले अप्ठ्यारोमा परेका नेताहरु !

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काडमाडौं, ३ जेठ – एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । एमाले र माओवादीका नेता तथा कार्यकर्ता उत्साही बनेका छन् । तर केही एमाले माओवादी नेताहरु भने समस्यामा परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कुनै बेला पार्टीमा प्रभावशाली भूमिकामा रहेका नेताहरुले पार्टीले लिएको नीतिको आलोचना गर्दै पार्टी परित्याग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले त्याग्नेहरु धेरै माओवादीमा प्रवेश गरे भने कतिपयले नयाँ पार्टी खोले । 


Advertisment
Nabil box
Kumari

घुमिफिरी रुम्झाटार भनेझै दुई कम्युनिष्ट पार्टी एक हुने भएपछि उनीहरुले पुरानै पार्टीका नेताहरुसँग काम गर्नुपर्ने भएको छ । 

Vianet communication
Laxmi Bank

२०६४ सालको संविधानसभा चुनावमा रामचन्द्र झाले धनुषाबाट चुनाव जितेका थिए । २०६८ सालमा संविधानसभा विघठन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । 
एमालेमा छदा मन्त्री बन्ने अबसर पाएका झा माओवादी नयाँ शक्ति हुँदै पुन माओवादीमा आएपछि दुईपटक चुनाव हारे । माओवादी केन्द्र एमालेमा एकीकरण हुने भएपछि झा ६ बर्षपछि फेरि एमाले बन्ने छन् । 
एमाले र माओवादी केन्द्रबीच केही समयभित्रै पार्टी एकता भएपछि बन्ने पार्टीमा उनीहरुले आफ्ना पूराना साथीहरुलाई भेट्ने छन् । कतिपय नेताहरुलाई भने पूरानो घरमा फर्किन अप्ठेरो परेको चर्चा हुने गरेको छ ।

एमालेबाट पटक पटक अबसर पाएकी उर्मिला अर्याल माओवादीमा प्रवेश गरिन् । एमालेमा छदा स्थानीय विकास मन्त्री समेत बनेकी अर्याल झासँगै फेरि एमाले बन्दैछिन् पार्टी एकताको नाममा । 

झा र अर्यालसंगै एमालेबाट माओवादी बनेका लक्की शेर्पा पनि यो सूचीमा थपिने छन् । एमालेबाट सांसद बनेकी शेर्पा अहिले माओवादीको कोटामा अष्ट्रेलियाको लागि राजदूत छन् । एमाले नेताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको समयमा डा डिल्लीराज खनाल पनि माओवादीमा प्रवेश गरेका थिए । 

एक पटक माओवादी प्रवेश गरेर एमाले फर्केका राधाकृष्ण मैनाली भने एमालेमा बेरोजगार छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसंगै झापा आन्दोलनमा सहभागि भएका आरके मैनाली अहिले निष्कृय जस्तै छन् ।

एमाले छाडेर संघीय समाजवादी पार्टी हुँदै संघीय समाजवादी फोरमका सचिव भएका अजम्बर काङमाङ माओवादी प्रदेश गरेका छन् । अशोक राइसँगै संघीय समाजवादी फोरममा लागेका विजय सुब्बा भने ‘मोहीयानी हक’ लाग्ने भन्दै  केही समय अघि नै माउँ पार्टी मै फर्किए ।

जो एमाले छाडेर गुमनाम भए 

राज्यसत्तामा एमाले हावी भइरहदा विगतमा एमाले छाडेका केही नेता भने यतिवेला गुमनाम जस्तै बनेका छन् । २०६४ सालमा सभासद् हुँदै गृहराज्यमन्त्री बनेका रिजवान अन्सारी एमाले भित्र उदाउँदो नेताकौ रुपमा स्थापित थिए । 

अशोक राइसँग मिलेर संघीय समाजवादी पार्टी बनाएका अन्सारी राइले उपेन्द्रसंग एकता गरेपछि अहिले गुमनाम भएका छन् । स्याङ्जाबाट पटक पटक चुनाव जितेका हितकाजी गुरुङ पासाङ शेर्पाहरुले खोलेको सामाजिक लोकतान्त्रिक पार्टीमा सहभागि भए ।  पासाङ नयाँ शक्ति पार्टीमा लागेपछि हितकाजी गुमनाम भए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x