असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
भर्खरै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल–भ्रमण राजनीतिक वृत्तदेखि आम जनतासम्म निकै चर्चा परिचर्चाको विषय बनिरहेको छ । मोदीको नेपाल भ्रमणको भित्री र बाहिरी उद्देश्य के हुन्, भ्रमण कति सफल, असफल रह्यो, भ्रमण नेपाल भारतबीचको बिग्रिएको सम्बन्धलाई सुधार्न कति सफल रह्यो ? आदि प्रश्नहरू यस सन्दर्भमा उठिरहेका छन् । पूर्वाग्राही भएर मुल्याङ्कन गर्नेहरूले मोदीको भ्रमण नेपाल भारत बीचका असमझदारीलाई हार्दिकता बनाउन नसकेको मात्र होइन, पूर्णतः असफल रहेको अभिव्यक्ति दिइरहेका छन् । मोदीको भ्रमण नेपाल भारत बीचका असमझदारीलाई हटाउन पूर्ण सफल रहेको अतिसयोक्तिपूर्ण टिप्पणी गर्नेहरू पनि छन् । यस्ता टिप्पणी परस्पर विरोधिहरूबाट मोदी भ्रमणको भित्री कारण छाया र बाहिरी कारण मात्र सतहमा देखा परिरहेका छन् । मोदी भ्रमणको वास्तविक कारणको मुल्याङ्कन र विश्लेषण हुन नसक्दा भ्रमपूर्ण धारणाहरू प्रभावी बन्दै गएका छन् ।
अप्रत्यासित रूपमा भएको मोदीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धलाई सुमधुर र हार्दिकतापूर्ण बनाउनको लागि हो कि अन्य उद्देश्यका लागि हो भन्ने निष्कर्ष निकाल्न भ्रमणको समय, परिस्थिति, भ्रमणका घटनाक्रमहरू, अभिव्यक्ति, व्यवहार र हाउभाउको यथोचित मुल्याङ्कन गर्नु आवश्यक हुन्छ । मोदीले नेतृत्व गरेको भारतीय जनतापार्टीले धार्मिक हतकण्डालाई राजनीतिमा प्रयोग गरेर सफलता हासिल गर्दै आएको छ । मोदी प्रधानमन्त्री भएको कारण पनि यही नै हो । निकट भविष्य (सन् १९१९) मा भारतमा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा भारतीय जनता पार्टीको विरुद्ध सबै राजनीतिक शक्तिहरू एउटै मोर्चामा खडा हुने कसरत गरिरहेका छन् । यो स्थितिमा मोदी नेतृत्वको भा.ज.पा.को लागि आगामी आमनिर्वाचन निकै चुनौतिपूर्ण बन्ने पूर्वाधार तयार हुँदै गएको छ ।
यस्तो प्रतिकुलताको सामना गर्दै आमनिर्वाचन भाजपाको पक्षमा पारेर मोदी पुनः प्रधनमन्त्री बन्ने महत्वांक्षाकासाथ क्रियाशील छन् । आम निर्वाचनमा सफलता हासिल गर्ने मोदीको अचुक वाण हिन्दू सेन्टिमेन्टलाई जगाएर जनमत आफ्नो पक्षमा पार्नु नै हो । सबभन्दा बढि संसद संख्या रहेका प्रदेशहरू बिहार र उत्तर प्रदेश हुन् । जहाँका मतदाताहरू बढि धार्मिक नाराबाट प्रभावित हुन्छन् । यही समयमा भारतीय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको राम जन्मभूमि र बाबरी मस्दिज विवादलाई पुनः चर्चामा ल्याउनु, रामको ससुराली सीताको जन्मभूमि जनकपुरधामबाट मोदीले आफ्नो भ्रमण शुरुवात गर्नु र पूजाअर्चनालाई बढि प्राथमिकता दिनुको कारण हिन्दू मतदातालाई आकर्षित गर्र्नु नै रहेको सहज रूपमा बुझिन्छ । हिन्दूका धार्मिक आस्थाका केन्द्रहरू पशुपतिनाथ र मुक्तिनाथमा मोदीले गरेको आरधनाले पनि यही कुराको संकेत गर्दछ । यो घटनाक्रमबाट मोदीको नेपाल भ्रमणको मुख्य लक्ष्य निकट भविष्यमा हुन गैरहेको भारतीय आमनिर्वाचनमा हिन्दू मतदातालाई आपूmअनुकुल बनाउने नै हो भन्दा अतिशयुक्तिपूर्ण हुँदैन ।
मोदीको नेपाल भ्रमणको प्रमुख कारण भारतीय आम निर्वाचन हो भने दोस्रो कारण बिग्रिएको नेपाल–भारत सम्बन्धलाई सुधार्नु नै हो । संविधानसभाद्वारा नेपालको संविधान जारी हुनै लागेको अवस्थामा अवरोध खडा गर्ने दुस्प्रयास मोदीको नेतृत्वको भारतीय सत्ताले गरेको थियो । भारतीय सत्ताको यस्तो दबाबलाई झेल्दै नयाँ संविधान जारी भएपछि भारतीय सत्ता नेपालप्रति आक्रोशित र आक्रमक बनेको थियो । तराईका मधेसी समुदायका केही नेताहरूलाई उक्साएर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र बितण्डा मच्चाउनेदेखि अमानवीय नाकाबन्दी लगाउने सम्मका हर्कत मोदी सरकारद्वारा भएका थिए । मोदी सरकारका यस्ता नेपालको स्वतन्त्रता र स्वाधिनता विरुद्धका बितण्डाहरूले नेपाल भारत सम्बन्ध चिसिएको, बिग्रिएको अवस्थामा मात्र होइन, झण्डै शत्रुतापूर्ण स्थितिमा पुगेको थियो । मोदी र भारतीय सत्ता विरुद्धमा बढ्दो नेपाली जनताको आक्रोशको अभिव्यक्ति नेपालको गत आमनिर्वाचनमा प्रत्यक्ष रूपमा भएको थियो । आम निर्वाचनमा भारतीय सत्ताद्वारा समर्थित दल र नेताहरुको नराम्ररी पराजय हुनुको मुख्य कारण पनि यही नै थियो ।
निकट छिमेकी मुलुकहरूसँगको सम्बन्ध बिगार्न मोदी सरकार जिम्मेवार रहेको आरोप भारतभित्रैबाट आउँदा त्यसको प्रत्यक्ष प्रभाव भारतीय राजनीतिमा पर्दै गएको छ । निकट भविष्यमा हुन गइरहेको भारतीय आमनिर्वाचनमा यो विषय पनि चुनावी मुद्दा बन्ने निश्चित छ । आन्तरिक राजनीतिका लागि पनि मोदीले नेपालसँगको सम्बन्ध नसुधारी नहुने स्थिति थियो र छ । नेपालको आम निर्वाचनमा आपूmले नरुचाएको के.पि.शर्मा ओलीको पक्षमा उर्लिदो जनमत र उनी प्रधानमन्त्री हुने पक्का भएपछि मोदीले टुटेको नेपाल–भारत सम्बन्ध जोड्न दाँत किटेर अथक प्रयास गर्न शुरुवात गरेका हुन् । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले अप्रत्यासित र अस्वाभाविक रूपमा नेपाल भ्रमण गरी ओलीलाई आफ्नो अनुकुल बनाउन गरेको कसरत, भारत भ्रमणमा ओलीलाई मोदी सरकारले दिएको उच्च सम्मान र सत्कार यसका ज्वलन्त उदाहरणहरू हुन् ।
तेस्रो कारण नेपालको चीनसँगको बढ्दो निकटतालाई सिथिलीकरण गर्नु नै हो । मोदी सरकारले लगाएको नाकाबन्दीबाट आम नेपाली जनताको आशा र भरोसाको केन्द्र चीन बन्दै छ । संकटमा सहयोग गर्ने भरपर्दो मित्र चीन मात्र रहेको बुझाइ नेपालीहरूको छ । चिनियाँहरूका साथ र सहयोग नभए मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय हितमा भारतीय सत्ताद्वारा अतिक्रमण हुने धारणा नेपालीहरूमा प्रबल बन्दै गएको छ । अहिले राजनीतिक स्थिरता, शान्ति र विकास नेपाली जनताको प्रवल आकांक्षा बनेको छ । यो आकांक्षा पूरा गर्न भरपर्दो सहयोगी चीन मात्र रहेको बुझाइ नेपालीहरूको छ । चीन पनि खुल्ला हृदयले नेपाललाई सहयोग गर्न अग्रसर भएको छ । चीनसँग निकट हुँदै जाने भारतसँग टाढा हुँदै जाने नेपाली मनोविज्ञान भारतीय सत्ताको लागि निकै चिन्ताको विषय हो । आफ्नो अहमतालाई दबाएर नेपालसँगको बिग्रिएको सम्बन्ध सुधार्न मोदीले गरेको कठोर कसरत कारण पनि यही नै हो ।
नेपाल भारत–सम्बन्ध सुधार्न अन्य कूटनीतिक उपायहरू प्रभावकारी नहुने मुल्याङ्कनका साथ मोदीले धार्मिक कुटनीतिक अबलम्बन गरेको सहज रूपमा बुझिन्छ । मादीको यो कुटनीतिले नेपाल–भारत बीचको आइसब्रेक मात्र भएको छैन, नेपाली सत्ता र ओलीलाई आफ्नो अनुकुल बनाउन केही हदसम्म सफलता पनि हासिल गरेको छ । नेपाली जनतामा पनि मोदी सरकारले उदार र मैत्रीपूर्ण नीति अबलम्बन गर्न खोजेको हो कि भन्ने विश्वास जन्माइदिएको छ । भारतीय सत्ता प्रतिकूल हुँदा संकटहरूको समना गरिरहनु पर्ने भयबाट त्रसित नेपाली सत्तालाई पनि मोदी भ्रमणले राहत दिएको छ । मोदी भ्रमणबाट नेपाल र भारतले प्राप्त गरेको उपलब्धिहरू यीनै हुन् ।
यसरी मोदी एकातर्फ नेपाल–भारत सम्बन्धलाई पुरानो स्थितिमा पुर्याउन लागि परेको देखिन्छ भने अर्कोतर्फ मोदीको प्रयासहरूलाई असफल बनाउने चलखेलहरू पनि तीव्रतापूर्वक भइरहेका छन् । विशेषतः भारतीयहरूको सहयोगमा नेपालमा अस्थिरता मच्चाइरहेका पश्चिमा शक्तिहरू मोदीका प्रयासहरूलाई असफल बनाउन युद्धस्तरमा लागिपरेको सतहमा देखा परेका छन् । भारतीय आवरणमा पश्चिमाहरूका डिजाइनअनुसार भूमिका निभाइरहेका नेपालको तराई क्षेत्रका केही मधेशीदलहरू र तिनीहरूका नेताहरू, विवादास्पद केही भारतीय नेता र व्यूरोक्रेसीको चलखेलले यही कुराको संकेत गर्दछ । मोदीको भ्रमणलाई विवादस्पद र असफल बनाउन उनकै पार्टीका सांसद कीर्ति आजाद, नेपालको २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र बिखण्डनकारी सीके राउतका अभिव्यक्तिहरू यसका ज्वलन्त उदाहरणहरू हुन् । यिनीहरूलाई भारतीय व्यूरोक्रेसीको एउटा तप्काले नेपाल भारत–सम्बन्ध सुधार्ने कार्य मोदीका लागि कम चुनौतिपूर्ण छैन ।
यसरी जटिलता हुँदै गएको नेपाल–भारत सम्बन्धलाई आत्मीय र मैत्रिपूर्ण बनाउन मोदीको लागि त्यति सहज छैन । नेपाली सत्तासँग गरिने हार्दिकतापूर्ण सम्बन्धबाट मात्र नेपाल–भारत सम्बन्ध सुध्रिने अवस्थामा छैन । नाकाबन्दीको कारणले नेपाली जनताहरूमा गढेर रहेको मोदी सरकारविरोधी भावनामा परिवर्तन नभई नेपाल–भारत सम्बन्ध दिगो र टिकाउ हुने अवस्था छैन । त्यसका लागि मोदी सरकारले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सम्मान र कदर गर्नुका साथै नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने व्यवहारमा नै देखाउन् र पुष्टि गर्नु आवश्यक हुन्छ ।
पश्चिमाहरूको अस्थिरता र बिध्वंसक नेपाल नीतिसँग सहकार्य गरेर बनाउने भारतीय नेपाल नीति परित्याग गरी स्वतन्त्र, मैत्रिपूर्ण र विश्वसनीय नेपाल नीति मोदी सरकारले अबलम्बन गर्न सकेमात्र मोदीको नेपाल भारत सम्बन्ध सुधारको प्रयास उपलब्धिमूलक हुनेछ । आन्तरिक राजनीतिलाई प्रभावित बनाउने मात्र मोदीले धार्मिक कूटनीति अबलम्बन गरेका हुन् कि, साँच्चिकै नेपाल भारत सम्बन्ध पुरानै स्थितिमा पुर्याउन लागि परेका हुन् ? यसको जवाफ पाउन भने केही दिन पर्खनुपर्ने छ । त्यतिबेला मात्र मोदीको नेपाल भ्रमणको भ्रम र यथार्थता छर्लङ्ग हुनेछ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...