संयोजन समितिद्वारा पार्टी एकताको अनुमोदन, पार्टी विघटन गर्न एमाले माओवादीको बैठक

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । 

बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । 


ADVERTISEMENT

केही बेरमा दुई पार्टीका छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बस्ने र पार्टी एकताको सहमतिलाई अनुमोदन गर्ने उनले जानकारी दिए । त्यससँगै दुई पार्टी विघटन हुने छ । 

त्यसपछि नेताहरु नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने नेता पोखरेलले बताए । उनले पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालय गठन हुने बताए ।
 

जेठ ३, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस