कर्नाटकमा सत्ताको दाउपेच : कांग्रेसका दुई विधायक गायब

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ – कर्नाटकमा सरकार गठनका लागि विधायकहरूलाई आफूसँग राख्नका लागि दलहरू लागिपरेका छन् । विधानसभा चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि विधायकहरुलाई तान्ने र राखिराख्ने खेल शुरु भएको हो ।

यसैबीच कांग्रेसका दुई विधायक गायब भएको खबर छ । 

बेल्लारीबाट कांग्रेस विधायक आनन्द सिंह इगलटन रिसोर्ट पुगेनन् । उक्त रिसोर्टमा कांग्रेसले आफ्ना विधायकहरूलाई सुखसुविधाका साथ थुनेर राखेको छ । अनि कर्नाटक हैदराबाद क्षेत्रबाट कांग्रेस विधायक प्रताप गौडा पाटिल पनि भागेको खबर छ । 

सूत्रहरूका अनुसार, पाटिल भाजपातिर गएका छन् । त्यसो त अघिल्लो रातसम्म उनी कांग्रेससित थिए र समर्थन पत्रमा हस्ताक्षर पनि गरेका थिए । 

पाटिललाई कांग्रेस विधायकहरू भाजपा खेमामा पुगेका हुन् भनी सोध्दा उनले विपक्षी नेताहरूले जनताको फैसलालाई हेर्नुपर्ने बताए । 

यसैबीच कांग्रेसले कर्नाटक विधानसभाबाहिर विरोध प्रदर्शन शुरु गरेको छ । 

एजेन्सी


ADVERTISEMENT

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस