पार्टी एकतापछि प्रधानमन्त्री निवासमा भोज, ६ सयजनाको लागि खाना पाक्दै

काठमाडौं, ३ जेठ–नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बस्ने तरखरका बीच प्रधानमन्त्री निवास बालुवाटारमा सिंगारपटार गरिएको छ ।

प्रधानमन्त्री निवासबाहिर उत्सव बत्ती जडानको काम भइरहेको छ । पार्टी एकीकरणपछिको पहिलो बैठक त्यहीँ बस्ने भएकाले सिंगारपटार गरिएको हो ।

यसका साथै पार्टी एकतापछि  बालुवाटारमा भोज आयोजना हुने छ । त्यसका लागि त्रिपाल टाग्ने काम भइरहेको छ । 

यसका लागि कार्की क्याटरिङले व्यवस्थापन गरेको छ । करिब ६ सय जनाको लागि भोजको व्यवस्थापन भइरहेको क्याटरिङका सदस्यले जनाएका छन् ।

एकिकृत पार्टीका केन्द्रीय सदस्य र नेताका लागि भोजको व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ । 

तस्वीर - गगन अर्याल

जेठ ३, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस