विवाद आउन नदिन चलाखी, एकता घोषणाका लागि तयार ब्यानरमा कसैको फोटो राखिएन

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ -नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणाका लागि राष्ट्रिय सभागृहमा तयारी लगभग पूरा भएको छ ।

स्टेजमा ब्यानर राखिसकिएको छ भने भित्र दुवै पार्टीका कार्यकर्ता भरिभराउ अवस्थामा छन् ।


ADVERTISEMENT

यसअघि लेनिन जयन्तिका दिन पार्टी एकताको सन्देश दिन भन्दै आयोजित संयुक्त कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै विवाद र होहल्ला भएकाले यसपटक चलाखी गर्दै ब्यानरमा कसैको पनि फोटो राखिएको छैन ।

कम्युनिस्ट पार्टीको झण्डा हँसिया हथौडा रहेको ब्यानरमा 'नेपाल कम्युनिस्ट पार्टी एकता घोषणा कार्यक्रम' लेखिएको छ ।

कार्यकर्ताहरू एकता घोषणा कतिबेला हुन्छ कुरिरहेका छन् ।

यस्तो छ ब्यानर :

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस