×

NMB BANK
NIC ASIA

उर्जामन्त्री पुन र चिनियाँ राजदूतसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ– उर्जा,सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । भेटमा उर्जामन्त्री पुनले नयां सरकारको प्राथमिकता विकास र समृद्धी रहेको भन्दै त्यसका लागी नेपालमा चिनिया लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरेका छन् । 

Muktinath Bank

मन्त्री पुनले चीनसँग नेपालले गत वर्ष नै विआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौ, विआरआईअन्र्तगत पनि कैयौ परियोजनामा हाम्रो सहकार्य हुदैंछ, यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ  ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा मन्त्री पुनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि उर्जामन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् । माओवादी केन्द्रका नेता समेत रहनुभएका मन्त्री पुनले आगामी दिनमा जलविद्युत र सौर्य उर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताए ।


Advertisment
Nabil box
Kumari

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताएकी छन् । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखिन् ।  ‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौ, त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसंग सहकार्य सुरु गरेको छ ।’ उपगर्भनर  युसिङले भनिन् । उनले सिचुवानमा व्यापार र अध्ययनका लागी थुप्रै नेपालीहरु रहेको भन्दै सिचुवानमा बाणिज्य दुतावास खोलीदिन समेत आग्रह गरिन् । जवाफमा मन्त्री पुनले सिचुवानसंग व्यापार र शिक्षाको साथै हवाई कनेक्टिभीटीले समेत निकटता बढेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank


यस्तै पुन र चिनिया राजदूत यु होङबीच पनि आजै भेतवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

राजदूत होङले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण हुन लागेको समाचार सुनेको भन्दै त्यसबाट देश विकास र स्थायीत्वमा सहयोग पुग्ने अपेक्षा राखेको धारणा राखेका छन् । उनले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x