आजदेखि रहने छैनन् एमाले र माओवादी केन्द्र, दुबै पार्टी विघटन

काठमाडौं, ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्र विघटन हुने भएका छन् ।

पार्टी एकता हुने भएपछि एमाले र माओवादी औपचारिक रुपमा विघटन हुने भएका हुन् ।

बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले पार्टी पार्टी एकतालाई अनुमोदन गरेको छ । त्यस्तै भने माओवादी केन्द्रले पनि एकतालाई अनुमोदन गरेको छ  । यससँगै दुई पार्टीको संयुक्त बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा दुई पार्टी विघटनको घोषणा हुने छ । 

 वैठक सकिएपछि नेताहरु निवार्चन आयोग जाने छन् । त्यसपछि राष्ट्रियसभागृहमा नेताहरुले सम्बोधन गर्ने छन् । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस