बन्यो नेपाली इतिहासकै शक्तिशाली पार्टी, नयाँ पार्टीको सामर्थ्य कति ?

काठमाडौं, ३ जेठ - देशका दुई ठूला कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर नेपालको इतिहासमै सम्भवत: सबैभन्दा शक्तिशाली पार्टी बनेको छ ।

पार्टी एकीकरणको औपचारिक घोषणा आज साँझ हुने भए पनि दुवै पार्टीको संयुक्त बैठक बसिसकेको छ भने नेताहरूले नेपाल कम्युनिस्ट पार्टीको नाममा बालुवाटरमै शपथ खाइसकेका छन् ।

नयाँ पार्टीको शक्ति कति ?

यो नेपालको सत्तारुढ दल हो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहितका सबै महत्त्वपूर्ण व्यक्ति यही पार्टीबाट छन् ।

यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई आधार मान्ने हो भने यो पार्टीको पपुलर मत करीब ४५ लाख हुनेछ ।

प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये ११६ निर्वाचन क्षेत्रका सांसद यही पार्टीबाट निर्वाचित छन् । प्रतिनितिसभाका कुल २७५ सदस्यमध्ये १७५ सदस्य नेपाल कम्युनिस्ट पार्टीकै हुनेछन् ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ४२ जना यही पार्टीबाट रहेका छन् । कुल ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा यही पार्टीको बहुमतसहितको सरकार छ ।

कूल ७५३ स्थानीय तहमध्ये ४५ प्रतिशतभन्दा बढी स्थानीय सरकार पनि नेकपाकै नेतृत्वमा रहेको नेता योगेश भट्टराईले जानकारी दिए ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस