ओली र प्रचण्डले एकअर्कासँग लिए शपथ

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ -नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कासँग शपथ लिएका छन् ।

दुवै पार्टी विघटन गरी नयाँ पार्टी गठन भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको पहिलो बैठकमा ओलीले प्रचण्डसँग र प्रचण्डले ओलीसँग शपथ लिएका हुन् ।

त्यसपछि दुवै नेताले अन्य शपथ खुवाएका थिए ।

पार्टी एकताको औपचारिक घोषणा आजै साँझ राष्ट्रिय सभागृहबाट हुँदैछ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस