नेकपाको ४५ सदस्यीय स्थायी समितिमा मात्र तीन जना महिला

जेठ ३, २०७५

काठमाडौं ३ जेठ–नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमा तीन जना महिला नेतृ रहने भएका छन् । स्थायी समितिमा ४५ जना सदस्य छन् ।

साविकको माओवादी केन्द्रबाट पम्फा भुसाल र जयपुरी घर्ती तथा नेकपा एमालेबाट अष्ठलक्ष्मी शाक्य नेकपाको स्थायी समिति सदस्य बनेका हुन ।

भुसाल यसअघि माओवादीको प्रवक्ता थिइन् । शाक्य एमालेको उपाध्यक्ष थिइन् । घर्ती माओवादी सशस्त्र जनयुद्धको समयदेखि पार्टीमा क्रियाशील नेतृ हुन् । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस