एकता घोषणा गर्न हात हल्लाउँदै सभागृह प्रवेश गरे ओली र प्रचण्ड

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ -नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर गठित नेपाल कम्युनिस्ट पार्टी घोषणा सभामा सहभागी हुन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभागृह आइपुगेका छन्।

दुवै नेता हात हल्लाउँदै हलमा प्रवेश गरेका थिए ।

यहीँबाट नेपाल कम्युनिस्ट पार्टी गठन भएको औपचारिक घोषणा हुनेछ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस