नेकपाले जारी गर्‍यो ६ बुँदे घोषणपत्र : समाजवाद उन्मुख जनताको जनवाद

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीले ६ बुँदे घोषणा सार्वजनिक गरेको छ। 

राष्ट्रियसभा गृहमा आयोजना भएको घोषणा सभामा नेकपाका नेता माधवकुमार नेपालले ६ बुँदे घोषणापत्र वाचन गरेका थिए ।


ADVERTISEMENT

घोषणापत्रमा नेकपाको सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख गरिएको छ ।  त्यस्तै घोषणा पत्रमा पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ।

यसअघि नेकपा एमाले जनताको बहुदलीय जनवाद र माओवादीले २१ शताव्दीको नयाँ जनवाद भन्दै आएका थिए । जसलाई महाधिवेशन सम्म छलफलमा लैजाने सहमति दुई दलबीच भएको छ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस