दुई अध्यक्षबारे ओलीले भने– ‘टेम्पो हो र एक जनाले चलाउन ? जेटमा दुई पाइलट हुन्छन्’

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ–नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् ।

पार्टी एकता घोषणासभालाई बिहीवार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘कतिपयले भन्या छन्, दुईजना अध्यक्ष बनाएर के गर्‍या होला ?’ ओलीले भने, ‘टोम्पो चलाको हो र एकजना हुन ? जेटमा त दुईजना पाइलट हुन्छन् ।’

उनले गाडी ड्राइभरले नभएर चक्काले चल्ने बताए । ‘टेम्पोजस्तो होइन, जेटमा दुईवटा क्याप्टेन हुन्छन्,’ ओलीले थपे, ‘हामी ड्राइभर भए पनि गाडी चल्ने चक्काले हो ।’

ओलीले पार्टी एकताले आफू निकै उत्साहित र खुसी रहेको बताए । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस