ओलीको कटाक्ष–एउटा चुनाव हार्दैमा कांग्रेस किन ओल्लो भित्ता र पल्लो भित्ता गर्छ ?

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– नव गठिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले तानाशाही बन्नको लागि एमाले र माओवादीबीचको एकता नभएको स्पस्ट पारेका छन् । 

पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले तानाशाही रुपमा सरकार चलाउन बहुमत आवश्यक परेको नभइ भ्रष्टाचार रोक्न र संवृद्धिका लागि दुई पार्टीबीच एकता गरेको स्पस्ट पारे । उनले नेपाली कांग्रेसले एकतालाई तानाशाहीसँग जोड्न खोजेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरे । 

‘हामी तानाशाही चलाउनका निम्ति हामीलाई बहुमतको आवश्यकता परेको होइन त्यसका लागि हामीले एकता गरेका होइनौं ।’ ओलीले भने,‘हामीले भ्रष्टाचार रोक्न, समृद्धि कायम गर्न एकता गरेका हौं ।’ 

उनले एउटा चुनाव हार्दैमा नेपाली कांग्रेस आत्तिएको टिप्पणी गरे । ‘एउटा चुनाव हार्दा कांग्रेस कहिले यता भित्तो कहिले उता भित्तो किन गर्छ ?’ओलीले भने,‘एउटा चुनाव हार्दा उहाँहरु किन आत्तिनु हुन्छ ?’ ओलीले कांग्रेसलाई
गुण दोषको आधारमा प्रतिपक्षको बैधानिक भूमिका खेल्न आग्रह गरे । कानूनी राज र शुशासन आफूहरुको उदेश्य भएको ओलीले स्पस्ट पारे । 
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस