×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभादेखि बालुवाटारसम्म– नेताहरूलाई हर्षको थकाइ !

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ– मदन स्मृति दिवसको अवसर पारेर नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनुअघि दुई दलले चुनावी तालमेल गदै पार्टी एकता घोषणा गरेका थिए । जसलाई उनीहरुले अन्तिम रुप दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेनिन जयन्तीका दिन पार्टी एकता गर्ने तयारी गरिएको भएपनि दुई दलमा कुरा मिल्न नसक्दा रोकिएको थियो । जसलाई निरन्तरको छलफल र वार्ताबाट दुई दलले मिलाएका छन् र पार्टी एकता गरेका छन् । 


Advertisment
Nabil box
Kumari

विहान सात बजेदेखिनै दुई दलका शीर्ष नेता पार्टी एकताका लागि व्यस्त बने । नेताहरु दिनभर निकै व्यस्त देखिए भने प्रधानमन्त्रीको सरकारी निवास पार्टी कार्यालय जस्तो देखिएको थियो ।

Vianet communication
Laxmi Bank

दिनभर के भए ?

बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वानटुवान वार्ता पछि विहीबार एकता गर्ने निर्णय भएको थियो । 
जस अनुसार आज विहान एकता संयोजन समितिको बैठक बोलाइएको थियो । 

आठ बजे

नेकपा एमालेका तत्कालिन महासचिव  मदन भण्डारीको २०५० साल जेठ ३ गते सवारी दुर्घटनामा निधन भएको थियो । भण्डारीको स्मृतिमा एमालेको पुरानो कार्यालय बल्खुमा रहेको मदन आश्रितको प्रतिमामा माल्यार्पण गर्न एमाले अध्यक्ष ओलीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका थिए । 

कार्यक्रममा प्रचण्डले पार्टी एकता भण्डारीको स्मृति दिवका दिन गर्न आफूले प्रस्ताव गरेको बताएका थिए । 

दश बजे

पार्टी एकता संयोजन समितको बैठक विहान ११ बजे बालुवाटारमा शुरु भयो । त्यसअघि एमाले र माओवादीका नेताले बालुवाटारमा बृक्षारोपण गरेका थिए । रुख विरुवा रोपेसँगै एकता संयोजन समितिको बैठक बसेको थियो । जसले पार्टी एकता गर्ने प्रस्तावलाई अनुमोदन, ९ सदस्यीय सचिवालय, ४५ सदस्यी स्थायी समिति, ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय ग¥यो । बैठकले विष्णु पौडेललाई महासविच र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय गरेको थियो । 

दुई बजे

संयोजन समितिको बैठक बसेपछि दुई दलको छुट्ट छुट्टै केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेको थियो । 

साढे तीन बजे

दुई दलको छुट्टा छुट्टै बैठक पछिको संयुक्त बैठकमा नवगठित दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका थिए । केपी ओलीले सदस्यहरुलाई शपथ गराएका थिए । 

चार बजे

शपथपछि बैठकले ८ बुँदे निर्णय गरेको छ । जसअनुसार पार्टी दर्ताका लागि सुभाष नेम्वाङ र देव गुरुङलाई खटाउने निर्णय भएको थियो । 

कार्यकर्ताले कुर्चीमा चार घन्टा कुरे

चार बजे राष्ट्रिसभा गृहमा एकीकृत पार्टीको घोषणा हुने भएपछि एमाले र माओवादीका कार्यकर्ता दिउँसो १ बजेदेखि नै राष्ट्रियसभागृह पुगेका थिए । जसका कारण चार बज्दा सभागृहमा पाइलो हाल्ने ठाउँसमेत थिएन । तर पार्टी का विभिन्न बैठक तथा निर्णहरुले गर्दानेताहरु साढे पाँच बजे मात्र राष्ट्रिय सभागृह पुगेका थिए । 

नेताहरुको सम्बोधन

करिब ६ बजे विघटित नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष हात हल्लाउँदै सभा हलमा प्रवेश गरे । 

नेपाल कम्युनिष्ट पार्टी दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएर ओली र प्रचण्ड सभाहल पुगेका थिए । कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गरेका थिए । त्यसपछि जनार्दन शर्माले आफ्ना भनाइ राखे । त्यसपछि माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणा पत्र जारी गरे । त्यसपछि नेकपाका अध्यक्ष प्रचण्डले सम्बोधन गरे ।

उनले समृद्धिका लागि एकता अपरिहार्य रहेको बताए । त्यसपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले भनाइ राखे । उनले एकीकृत भएको पार्टी टेम्पु नभएर जेट विमान भएको भन्दै ठूलो विमानमा दुई वटा पाइलट हुने बताए । उनले दुई जना मिलेर सल्लाह गरेर पार्टी सञ्चालन गर्ने बताए ।


बालुवाटारमा पार्टी

विहान देखि व्यस्त बनेको बालुवाटार बिहीवार राति सम्म व्यस्त बन्ने भएको छ । विहान बैठक र कुदाकुदका कारण व्यस्त देखिएको बालुवाटार साँझ पर्नासाथ झकिझकाउँ देखिएको हो । बालुवाटारमा रुखरुमा झिलिमिलि बत्ती जडान गरिएको छ । 

बालुवाटारमा पार्टी एकताको भोजको आयोजना गरिएको छ । जहाँ एकीकृत पार्टीका केन्द्रीय सदस्यहरुलाई तथा पार्टी नेतालाई भनेर करिब ६ जनाको लागि खाना पाकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x