काँग्रेसमा केन्द्रमा गुटउपगुट हावी : गच्छदार

इनरुवा, ३ जेठ- नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस पार्टीमा जिल्लास्तरमा गुट उपगुट नरहे पनि केन्द्रमा गुटउपगुट हावी रहेकाले यसलाई माथिबाटै नै सुधार गर्नुुपर्ने बताउनुभएको छ । 

सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेसको नियमित बैठकमा उहाँले आगामी दिनमा काँग्रेसलाई सुधार गर्दै अगाडि बढनुपर्ने बताउनुभयो । जिल्ला सभापति तथा प्रदेश नंं का १ संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य ताहिर अन्सारी, अगमलाल चौधरी, नवोदिता चौधरी, ज्योति सुब्बा, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेललगायतले काँग्रेमा सुधारको खाँचो औँल्याउनुभयो । 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस