जीवनवादी गीत ‘आँसु’ बजारमा

जेठ ४, २०७५

काठमाडौं, ४ जेठ- नेपाली आधुनिक संगीत बजारमा अनिता सुब्बाको नयाँ म्युजिक भिडियो आँसु सार्वजनिक भएको छ ।

बिनोद रोकाको शब्द संयोजन रहेको गीतको संगी संयोजन हरिस माथेमाले गरेका हुन् । सुरेन्द्रमान सिंहले निर्देशन गरेको म्युजिक भिडियोमा व्यवस्थापन किरण कँडेलले गरेका छन् ।

आँसु झरी सागर बनी बोलको गीतले मानिसको जीवन बोलेकाले लोकप्रिय रहने गीतकारको विश्वास रहेको छ । 

जेठ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस