×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगर नगरपालिका– पहिलो वर्ष योजना, बाँकी चार वर्ष कामै काम !

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ५ जेठ–स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । 

Muktinath Bank

एक वर्षको अवधिमा स्थानीय तहले के–के काम गरे ? चुनावताका आम मतदातासँग गरेका प्रतिवद्धताहरु कति पूरा भए ? हामीले सुर्खेतका कतिपय स्थानीय तहको एक वर्षको समिक्षा गरेका छौं र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कर्णाली प्रदेशको राजधानी पनि भएकाले वीरेन्द्रनगरका जनप्रतिनिधिसँग यहाँका नगरबासीका चासो र अपेक्षा स्वभावैले धेरै हुन्छन् । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाले यो एक वर्षको अवधिमा के–के काम ग¥यो त ? उपमेयर मोहनमाया ढकाल भन्छिन्, ‘पहिलो वर्ष भएकाले धेरै अलमल भएपनि उल्लेख्य कामहरु हामीले सम्पन्न गरेका छौं ।’

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिकाले युवा नेतृत्व पाएको छ । युवा नेतृत्वसँग नगरबासीका धेरै आशा र अपेक्षा पनि छन् । ‘एक वर्षको अवधिमा उल्लेख्य काम गर्‍यौं त भन्दैनौं, तर केही महत्वपूर्ण कामहरु भने भएका छन्’ उनले भनिन्, ‘सडकका खाल्डाखुल्डी पुर्नेदेखि सार्जजनिकस्थलको अतिक्रमण यो अवधिमा हटाउन सफल भएका छौं ।’

वीरेन्द्रनगर प्रदेशकै पुरानो नगरपालिका पनि हो । प्रदेश राजधानीसँगै बढ्दो जनसंख्याले अब्यवस्थित बन्दै गएको नगरपालिकालाई व्यवस्थित बनाउन नगरपालिकाले महत्वपूर्ण काम गरेको छ । ‘कर्मचारीको हातमा नगरपालिका हुँदा सार्वजनिक जमिन अतिक्रमणको चपेटामा परेको थियो, जनप्रतिनिधि आएपछि अतिक्रमण हटाउने काम भएको छ’ एक स्थानीयले भने, ‘यसलाई जनप्रतिनिधिको उपलब्धीका रुपमा लिइनुपर्छ ।’

फूटपाथ हटाउँदा सुर्खेतमा आन्दोलन भयो । कुरुप बन्दै गएको राजधानीलाई व्यवस्थित पार्नु सामान्य कुरा थिएन् । ‘अतिक्रमण हटाउँदा धेरै चुनौतिहरु पनि आए, हामीले आफूले गरेको प्रतिवद्धता अनुसार काम सम्पन्न गर्‍यौं’ उपमेयर ढकालले लोकान्तरसँग भनिन्, ‘अहिले सबै ठाउँको अतिक्रमण हटेको छ, बजार व्यवस्थित बन्दै गएको छ ।’

नगरपालिकाको अर्को उपलब्धी ‘छोरी जन्म बचत खाता’ हो । मेयर देवकुमार सुवेदी र उपमेयर ढकाल निर्वाचित भए लगत्तै घोषणा गरिएको यो कार्यक्रमबाट ३३ जना लाभान्वित भएका छन् । समाजमा छोरीप्रतिको दृष्ट्रिकोण बदल्न स्थानीय सरकारले गरेको यो कार्यक्रम प्रभावकारी हुँदै गएको छ । 

बरिष्ठ समुदाय परिचालक ज्योती केसीका अनुसार छोरी जन्म बचत खातामा नगरपालिकाले एक हजार रुपैयाँ जम्मा गरिदिने गरेको छ । यो कार्यक्रममार्फत १४ जनाले भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिईन् । 

नगरपालिकाले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा गर्भवती महिला चेकजाँच गराउने महिलाहरुलाई निःशुल्क भिडियो एक्सरेको व्यवस्था पनि गरेको छ । ‘यसका लागि महिलाहरुले सम्वन्धीत वडाबाट सिफारिस लिनुपर्छ’ केसीले भनिन्, ‘आमा र बच्चाको सुरक्षाका लागि सुरु गरिएको यो कार्यक्रम पनि निक्कै प्रभावकारी हुँदै गएको छ ।’

पाँच वटा ऐन पारित 

नगरपालिकाले एक वर्षको अवधिमा पाँच वटा ऐन पारित गरेको छ । शिक्षा, न्यायिक समिति, प्रशासकीय कार्यविधि, सहकारी र कृषि ऐन पारित गरिएको नगरपाकिलाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । यो अवधिमा न्यायिक समितिले पूर्णता पाएर कामको थालनी गरिसकेको छ भने लेखा समितिले पनि पूर्णता पाएको छ ।

यस्तै यो अवधिमा विभिन्न कार्यविधिहरु पनि पारित भएका छन् । उपभोक्ता समिति गठन सम्वन्धी कार्यविधि, ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका, गैरसरकारी संस्था समन्वय निर्देशिका,  स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि, सार्वजनिक निर्माण कार्यको लागि ‘घ’ वर्गको इजाजतपत्र सम्वन्धी निर्देशिका, इको क्लव गठन र संचालन तथा व्यवस्थापन निर्देशिका, करार सेवा सम्वन्धी निर्देशिका, आधारभूत तह शिक्षा परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन निर्देशिका पारित भएका छन् । यसका साथै नगरले बजार एवम् शहर व्यवस्थापन अवधारणापत्र समेत बनाइसकेको छ ।

नगरपालिकाले १, १३, १४, १५ र १६ नम्बर वडाबाहेक अन्य सबै वडामा वडा कार्यलयबाटै कर संकलन गर्न सुरु गरेको छ । यसअघि नगरवासीले कर तिर्न नगरमै धाउनुपर्ने बाध्यता थियो । उक्त बाध्यता अन्त्य भएपछि जनता हर्षित भएका छन् । 

नगरपालिकाले एकीकृत सम्पत्ती कर वडामै लिन थालेपछि सहज भएको वडा नं. ९ का सेवाग्राही रीता चलाउनेले बताइन । ‘नगरपालिका कार्यालयमा घुइँचो हुने र समय पनि बढी लाग्ने हुन्थ्यो’ उनले भनिन्, ‘अहिले भने हामीलाई धेरै सहज भएको छ ।’

जनप्रतिनिधिहरुले सार्वजनिक गरेको अर्को महत्वपूर्ण कार्यक्रम हो, ‘बा–आमा कुरा चौतारी’ । जेष्ठ नागरिकका कुरा सुन्ने र उनीहरुका अनुभवलाई ग्रहण गर्दै जेष्ठ नागरिकका समस्या समाधानमा लाग्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम वीरेन्द्रनगरका १६ वटा वडा मध्ये चार वटामा सम्पन्न गरिएका छन् । 

‘जेष्ठ नागरिकका अनुभव, उनीहरुका समस्या सुनेर समाधान गर्ने उद्देश्यले ‘बा–आमा कुरा चौतारी कार्यक्रमको सुरुवात गरेका हौं’ मेयर सुवेदीले भने, ‘कार्यक्रम प्रभावकारी हुनुका साथै जेष्ठ नागरिकमा एकखाले उत्साह पैदा भएको छ ।’

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरु उपस्थित हुन्छन् । जेष्ठ नागरिकका कुरा सुन्छन् । समाधानका लागि लाग्छन् । फलफूल वितरण गर्छन् । ‘कार्यक्रमस्थलमै विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविर पनि सञ्चालन गर्छ’ मेयर सुवेदीले भने, ‘स्वास्थ्य सेवा, उनीहरुका मनका कुरा सुन्नुका साथै समाधानका लागि पहल गछौं ।’

नगरपालिकाले चालू आर्थिक वर्षमा हरेक वडामा गौरवका आयोजना नामाकरण गरी निर्माण गरेको छ । अधिकांश योजनाहरु सडकसँग सम्वन्धीत छन् । वीरेन्द्रनगरका १६ वडा मध्ये केहीमा अझै यातायातका साधान चल्न सकेका छैनन् । ‘त्यसैले धेरै वडाले सडकलाई गौरवका योजना बनाएका छन्’ मेयर सुवेदीले भने, ‘गौरवका योजना सम्पन्न गर्नका लागि निरन्तर अनुगमन र मूल्याङ्कनको काम भइरहेको छ ।’

जनप्रतिनिधि आएको छ महिनापछि विषयगत शिक्षा शाखाको स्थापना भएको थियो । मन्त्रालयले समानान्तर रुपमा दुई ओटा निकायलाई (जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा) लाई खडा गरेपछि काम गर्न असहज भएको नगर शिक्षा शाखा प्रमुख गजेन्द्र केसीले बताए । उनका अनुसार जिल्ला शिक्षा कार्यालयलाई बढी अधिकार दिइएको छ ।

नगरले सबैले देख्नेगरी गरेको काम कक्षा आठको परीक्षा सञ्चालन गर्नु पनि एक हो । नगर क्षेत्रमा रहेका माध्यामिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउन ३० लाख बजेट छुट्याएको थियो । यस्तै नगरले नगरको शिक्षा प्रर्वद्धनका लागि ५ लाख  छुट्याएको थियो । नगरले विद्यालय सञ्चालनको लागि नवज्योति स्कुललाई अनुमति दिइएको छ भने मन्टेश्वरी स्थापनाका लागि १५ जनाले निवेदन दिएका छन् । 

नगरबाट अनुगमन सम्पन्न भएको छ भने अबको केही दिनमा अनुमति पनि प्रदान  गरिने छ । नगरले वडा नं. १३ को कालिका विद्यालय गुप्तीपुरलाई अमरज्योति मावि नेवारेमा गाभेको छ भने प्रावि पातालगंगालाई शिव मावि लाटिकोइलीमा गाभिएको छ ।

वीरेन्द्रनगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । यसका साथै निर्माणधिन सिटी बसपार्क २०१८ अप्रिल २५ सम्म निर्माण गरिसक्न म्याद थप गरिएको छ । 
नगरपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा १५ लाख रुपैंयाको लागतमा सिसीटिभी क्यामेरा जडान गरेको छ । बजारमा केही क्यामेरा नयाँ जडान गरिएको छ भने केही पुराना क्यामेरालाई सुधार गरिएको छ  ।

वीरेन्द्रनगर नगरपालिकाले बजारमा छोडिने छाडा गाइबस्तुलाई नियन्त्रणमा लिई अन्य जिल्लामा पाल्न इच्छुक नागरिकलाई दिने गरेको छ । नगरपालिकाले अहिलेसम्मद दर्जनौं पशुबस्तु अन्य जिल्लामा पठाएको बताइएको छ ।

नगरका तीन ओटा वडाहरु १४ देखि १६ बाहेक सबै वडा कार्यालयहरुमा फ्रि वाइफाई जडान गरिएको छ । नगरलाई प्रविधिमैत्री बनाउन भन्दै हरेक वडामा इन्टरनेट सेवा सुचारु गरिएको र वाँकी रहेका वडा कार्यालयमा पनि इन्टरनेट जडान गर्ने कार्यक्रम रहेको छ । नगरमा इ हाजिरी पद्धती अपनाइएको छ । जसबाट सुशासन कायम गर्न सकिने अपेक्षा नगरको छ ।

काँक्रेविहारमा चिडिया घर

नगरले प्रशिद्ध पर्यटकीय तथा धार्मिक धरोहर काँक्रेविहारमा चिडियाखाना बनाउने नीति अनुरुप काँक्रेविहारको जंगलमा चिडिया खाना बनाउने बारे अध्ययन भइरहेको छ । 

मंगलगढी चोक र वीरेन्द्रचोकको पुर्ननिर्माण गरिदैछ । वीरेन्द्रनगरमा एक टोल एक आहार व्यवहार, सचेतक कार्यक्रम र योग ध्यान ५ दिने निःशुल्क योग शिविर र स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । यस्तै नगरले हरेक वडा कार्यालयबाट सामाजिक सुरक्षा र घटना दर्ता (जन्म, मृत्यू, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद) वडा बाटै गरिरहेको अधिकृत दिपेन सुवेदी बताउँछन् ।

उनका अनुसार नगरले आवश्यक विधि नियम कानून बनाउदै छ भने केहि बनाईसकेको पनि छ । नगरका हरेक गतिविधिहरु वेवसाइटमार्फत सार्वजनिक गर्ने गरिएको छ भने मध्यपश्चिमाञ्चल क्षेत्री अस्पताल कालागाँउमा वृद्ध मैत्री वडा घोषणा गरिएको त्यहाँ उपचार गर्न जाने नगरवासीलाई उपचारमा छुट दिइने गरिएको छ ।

‘भौतिक पूर्वाधारयुक्त नगर बनाउँछौं’

नगर उपप्रमुख मोहन माया ढकालले चुनावताका जनता सामु गरेका वाचा अनुरुप नै काम गरिरहेको बताईन् । ‘सुरुमा काम गर्ने वातावरण नै थिएन । नीति, कार्यविधि केही थिएन ।’ उनले भनिन्, ‘तरपनि हामीले धेरै कामहरु सुरुवात गरेका छौं र अझै कामहरु गर्ने तयारीमा पनि छौं ।’

जनचाहना बमोजिम नै आफूहरु काम गरिरहेको उनको भनाइ छ । ‘हामीले कहि कसैलाई काखा र पाखा गरेका छैनौं काम गराइको हदमा...’ उनले भनिन्, ‘आगामी दिनमा पनि जनताको चाहना  र माग बमोजिम योजनाहरुको प्राथमिकिकरण गर्दै अघि बढनेछौं ।’ नेकपा एमालेको तर्फबाट विजयी बनेकी उपप्रमुख ढकालले प्रतिबद्धता अनुरुप नै काम सुरु गरेको बताइन् । ‘सुरुमा ऐन नियमको अभाव थियो । स्थानीय तहले नै योजना बनाउनुपर्ने भएकाले योजना निर्माणका काममा पनि व्यस्त भयौं ।’ उनले भनिन्, ‘वडा कार्यालयहरु व्यवस्थापन गर्न सकेका छौं । साथै न्याय सम्पादन पनि भइरहेको छ ।’

उपप्रमुख ढकालले यो वर्षलाई भौतिक पूर्वाधार निर्माण वर्षको रुपमा लिएको बताईन् । अबको चार वर्षमा नगरका प्रत्येक वडामा कालोपत्रे सडक बनाउने, शिक्षाको षेत्रमा सामूदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने, प्रत्येक वडामा वडा स्वास्थ्य चौकी बनाईने, नगर अस्पताल पनि बनाउने उनले बताईन् ।

यसका साथै वीरेन्द्रनगरलाई बालविवाह मुक्त नगर घोषणा गर्ने, लक्षित वर्गको लागि नीति तथा  कार्यक्रम र बजेटलाई उत्पादनका क्षेत्रसँग जोडने र त्यसलाई रोजगारीको अवसर बनाउने बताईन् । आगामी चार वर्ष विकासको वर्ष हुने ढकालको भनाइ छ ।

वीरेन्द्रनगरका वडा नं. १२, १३, १४ र १५ लाई फलफुल, पशुपालन तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र काँक्रेविहार, देउतीबज्यै, बुलबुले ताल आदिको प्रवृद्धन गर्ने हाम्रो योजना नगरपालिकाले लिएको छ ।

यसका साथै आगामी ४ वर्षभित्र काँक्रेविहारमा मिनि जु बनाउने गुरुयोजनाको सुरुवात गरिसकिएको उपप्रमुख ढकालको भनाई छ । ‘ जर्वुटा, गढीलगायतका ठाँउहरुलाइृ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र गढी र जर्वुटामा भ्यू टावर बनाउने छौं ।’ उनले भनिन्, ‘कृषिलाई आधुनिकिकरण गर्ने, अतिक्रमण हटाएर ग्रिन सिटी निर्माण गर्नेछौं ।’

वडा नं. ६ को मुख्य बजार क्षेत्रमा फुटपाथ निर्माण, ढल निकासजस्ता योजनाहरु ल्याउने उनको भनाइ थियो । अबको चार वर्षपछि खुुला मञ्चलाइ पार्कको रुपमा विकास गरेको जनताले हेर्न पाउने उनले बताईन् ।

शुसासन युक्त, सुन्दर, सफा नगरको रुपमा हामीले यसलाई बनाउनेछौं ’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सामाजिक न्यायमा आधारित विकास गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x